काठमाडौं : माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको अभियान चलाइरहेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव गरेका छन् । डा.बाबुराम र जनार्दन शर्मा संरक्षक भएर पछिल्लो समय प्रलोपा गठन भएको छ । प्रलोपाका एक नेताका अनुसार शर्माले हालै गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रचण्डले रुकुम पश्चिममा गएर आफूलाई ललकारे लगत्तै शर्मा गुण्डु पुगेका थिए ।

ओली र शर्माबीचको वार्ता एक्ला एक्लै भएकाले धेरै सूचना बाहिर ल्याइएको छैन । स्रोतका अनुसार शर्माले निश्चित ठाउँमा चुनावी सहकार्य गर्ने प्रस्ताव राखेका छन् । ओली पनि प्रचण्डलाई साइजमा राख्न शर्मा र नेत्रविक्रम चन्द विप्लवलाई कतिपय क्षेत्रमा सघाउन सकारात्मक रहेको बताइन्छ । विशेषगरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउन ओली सकारात्मक छन् । सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न एमालेले शर्मालाई आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्