सुन र चाँदीको मूल्य हालसम्मै महंगो



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा १५ सयले बढेर हालसम्मकै उच्च भएको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेर हालसम्मकै महंगो भएको हो । आज ५ हजार ६६५ रुपैयाँ कायम भएको छ भने हिजो तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार