तोलामा २ हजार घट्यो सुन



काठमाडौं ।

बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । यसअघि पुस १३ गते हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको भाउ उच्च हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार