काठमाडौं ।
बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यसअघि पुस १४ गते चाँदीको भाउले ४ हजार ८९५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । बुधबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासंघले सुनको भाउ आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्