सल्यान ।
जिल्लाको कपुरकोट गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जीवन ज्योति माध्यमिक विद्यालय रिमले जित्न सफल भएको छ । नेपाल राट्रिष्य माध्यमिक विद्यालय किमुचौरमा सम्पन्न प्रतियोगितामा ४२ पदक हात पार्दै जीवन ज्योति माविले उपाधि उचालेको हो। प्रतियोगितामा जीवन ज्योति मावि रिमले १६ स्वर्ण, ११ कास्य र ११ रजत पदक हात पारेको छ ।
यस्तै भवानी माध्यमिक विद्यालय छायाँनाथले १६ स्वर्ण, ११ कास्य र २० रजतसहित दोस्रो र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौर १३ स्वर्ण, १२ कास्य र ८ रजतसहित तेस्रो भएका छन् । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ६ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रथम, द्वितीय र तेस्रो स्थान हुने विद्यालयका खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष दुर्गा पुन र उपाध्यक्ष प्रकाश भण्डारीले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको अध्यक्ष पुनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्