तिमिल्सेनाको ‘देवसेना’ लोकार्पित



नेपालगन्ज ।

लेखक डा. जगत तिमिल्सेनाको पुस्तक ‘देवसेना’को लोकार्पण गरिएको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण गरिएको हो । सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा भएको लोकार्पण कार्यक्रममा संस्कृतिका अध्येता तथा लोकगायक यज्ञराज उपाध्याय, कथाकार रामलाल जोशीलगायत लेखक तथा साहित्यकर्मीहरूले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।

धार्मिक पात्र र विषयमा आधारित उक्त पुस्तकले धर्म, संस्कार र संस्कृतिका विषयमा चर्चा गरिएको जानकारी दिइएको छ । कथाकार जोशीले उक्त पुस्तक धार्मिक विषयमा लेखिएको भएपनि विज्ञानसम्मत दृष्टिकोणबाट लेखिएकोले अर्थपूर्ण रहेको बताए । लोकगायक उपाध्यायले बिर्सिँदै गएका र छोडिँदै गएका धार्मिक र साँस्कृतिक पक्षहरूको उजागर पुस्तकमार्फत गर्न खोजिएकोले अध्ययनयोग्य रहेको बताए ।
कार्यक्रममा प्राज्ञसभा सदस्य महानन्द ढकाल, लुम्बिनी प्राविधिक विश्वविद्यालया सेवा आयोगका सदस्य प्राडा कृष्ण प्रसाद घिमिरेलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार