खगेन्द्र दाहाल । खजुरा (बाँके) ।
बाँकेको खजुरामा जारी आठौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको नतिजा आउन सुरु भएको छ । खजुरा ४ ‘डी’ गाउँमा रहेको मिनी रङ्गशालामा आयोजित प्रतियोगितामा लङ्गजम्प खेलमा शनिबार सम्पन्न प्राथमिक तह छात्रातर्फ गोल्डेन ग्यालेक्सी एकेडमी प्रथम भएको छ । यस्तै, भानु मावि उढरापुर दोस्रो र जनता मावि बठवा तेस्रो भएका छन् ।
प्राथमिक तहमै १०० मिटर दौडमा जनता मावि बठवा प्रथम, गोल्डेन ग्यालेक्सी एकेडमी दोस्रो र मनकामना मावि बलभद्रपुर तेस्रो भए ।प्राथमिक तह तर्फ ४ गुणा १०० मिटर रिलेमा गोल्डेन ग्यालेक्सी एकेडमी प्रथम बन्यो । सोही प्रतियोगितामा जनता मावि बठवा दोस्रो र जन कल्याण मावि शान्तिनगर तेस्रो भए । लङ्गजम्प प्राथमिक तह छात्रको फाइनल खेलतर्फ जनकल्याण मावि शान्तिनगर प्रथम बन्यो ।
यस्तै, जनता मावि बठवा दोस्रो र ने.रा.मा.वि. मनकामनापुर तेस्रो भए । सम्पन्न प्राथमिक तहतर्फमा १०० मिटरको दौडमा ने.रा.मा.वि. मनकामनापुर प्रथम भएको छ । दोस्रो जनकल्याण मावि शान्तिनगर तेस्रोमा आर्दश मावि ‘डी’ गाउँ सफल भए । प्राथमिक तहतर्फ छात्र ४ गुणा १०० मिटर रिलेमा ने.रा.मा.वि मनकामनापुर प्रथम, जनता मावि बठवा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भए ।
शटपुटमा निम्न माध्यमिक तह अमर मावि गौतम बस्ती प्रथम, जनसेवा मावि पुरैना गिजरा दोस्रो र सिटिजन नमुना इमि स्कुल तेस्रो बन्यो । निम्न माध्यमिक तह एक सय मिटर दौडमा जनसेवा मावि पुरैना गिजरा प्रथम भयो । मैटहवा मावि चन्द्रनगर दोस्रो र ने.रा.आ.वि. धौलागिरी तेस्रो भए। निम्न माध्यमिक तह ८ सय मिटर दौडमा आदर्श मावि ‘डी’ गाउँ प्रथम भयो । यस्तै, जनसेवा मावि पुरैना गिजरा दोस्रो र सिटिजन नमुना इमि स्कुल तेस्रो बनेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
२ सय मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम, ने.रा.आ.वि. धौलागिरी दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भए । निम्न माध्यमिकतर्फ लङ्गजम्प खेलमा जनसेवा मावि पुरैना गिजरा प्रथम, अमर मावि गौतम बस्ती दोस्रो र ने.रा.आ.वि. धौलागिरी तेस्रो भए । निम्न माध्यमिक तहमा ४ गुणा १०० मिटर रिलेमा जनता मावि सन्तकुटि प्रथम बन्यो । सोही खेलमा आदर्श मावि ‘डी’ गाउँ दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भए ।
शटपटुमा छात्रतर्फको फाइनल नतिजामा निम्न माध्यमिकतर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालय प्रथम बन्यो । यस्तै, सोही खेलमा जनता मावि सन्तकुटि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो बने । निम्न माध्यमिक तहअन्तर्गत १०० मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम भयो । सोही खेलमा जेनिथ मावि खजुरा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भए । मेयर रनिङ शिल्डमा निम्न माध्यमिक तहतर्फ ८ सय मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम बन्यो । सोही खेलमा योगिनी मावि गौघाट दोस्रो र अमर मावि गौतमबस्ती तेस्रो बने ।
निम्न माध्यमिक तहमा २ सय मिटर दौडतर्फ जेनिथ मावि खजुरा प्रथम भयो । सोही खेलमा ज्ञानोदय मावि खजुरा दोस्रो र अरुणोदय मावि खजुरा तेस्रो भएको खेलकुद विकास परिषद्का सदस्यसचिव छवि विष्टले जानकारी दिए । मेयर रनिङ शिल्डमा निम्न माध्यमिक तहअन्तरर्गत लङ्गजम्प खेलमा जनता मावि सन्तकुटि प्रथम, अरुणोदय मावि खजुरा दोस्रो र ज्ञानोदय नमुना मावि खजुरा तेस्रो बने ।
शनिबार भएको खेलमै निम्न माध्यमिक तह ४ गुणा १०० मिटर रिले दौडमा ज्ञानोदय नमुना माध्यमिक विद्यालय प्रथम बन्यो । सोही खेलमा अरुणोदय मावि खजुरा दोस्रो र जेनिथ मावि खजुरा तेस्रो भए । शनिबार कराते खेल पनि सञ्चालन भएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिकतर्फ एथलेटिक्स भलिबल र कबड्डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ र छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भएको सचिवालय संयोजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए ।
आधारभूत तह कक्षा ६ देखि ८ सम्म १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी भएका छन । प्राथमिक तहमा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन् । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्ट्समा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल भण्डारीले जानकारी दिए ।
आइतबार थप खेलहरु सञ्चालन हुने र नतिजा पनि प्राप्त हुने रनिङ शिल्ड सञ्चालन तथा व्यवस्थापन गरिरहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋिषिराम सापकोटाले जानकारी दिए । आइतबार पनि बिहान ८ बजेदेखि खेलहरु सञ्चालन हुने छन् ।








प्रतिक्रिया दिनुहोस्