बुटवलमा नयाँ ब्लु स्क्वायर शोरूमको उद्घाटन



बुटवल ।

यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ । जसको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने जनाइएको छ ।

उद्घाटन समारोहमा यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवासान प्रमुख अतिथि, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल विशेष अतिथि रहेका थिए । त्यसैगरी यामाहा मोटर इन्डिया सेल्स प्रालिका एक्सपोर्ट मार्केटिङ राजदीप सिंह ग्रेवाल सान जिएम वाई.एम.आइ.ए, एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक एवम् सिइओ दीपककुमार अग्रवालका साथैै प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थिया े।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिविम्बित गर्न डिजाइन गरिएको हो । यसमा ब्रान्डको सम्पूर्ण थ्री एस (घक्) पूर्वाधार सेल्स, सर्भिस र स्पेयर पाट्र्सको सुविधा रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ ।
तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पाट्र्सको लागि डेडीकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिसप्रदान गर्दछ ।

ब्लुले यामाहाको प्रतिष्ठित ब्रान्डकलरलाई प्रतिनिधित्व गर्छ, अनि स्क्वायरले वान–स्टप खरिद केन्द्रलाई जनाउँछ ब्लु स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरुलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउँछ ।

उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश गर्दै भने, ‘ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासनर बलियो रेसिङ डिएनएको भावनालाई प्रतिनिधित्व गर्दै आएको छ । ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो । यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् ।

बिक्री र सेवा मात्र होइन, ब्लु स्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली पनि देखाउँछ । यसले हाम्रो बाइक, स्कूटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्कउँछ ।’ यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवाले बाइकर्ज बुटवल टिमलाई सफल शुभारम्भको लागि बधाई दिँदै ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धतामाथि जोड दिए ।

उनले भने, ‘यामाहामा ग्राहक सन्तुष्टि सधैँ हाम्रो पहिलो प्राथमिकता हो, हामी विश्वस्त छौँ कि बाइक बुटवलले यसक्षेत्रमा यामाहा ग्राहकहरूलाई उत्कृष्ट सेवा र प्रिमियम अनुभवहरू प्रदान गर्न नयाँ स्थर कायम गर्नेछ । हामीलाई विश्वास छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार