नेपालगन्ज ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले एक कार्यक्रमका बीच साहित्य तथा समाजसेवामा सक्रिय सात जना व्यक्तिहरुलाई सम्मान गरेको छ। साहित्यकार किरण आचार्य र प्रा.डा. जनार्दन शर्माका दिवंगत सुपुत्र शाश्वत आचार्यको २१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
साहित्यिक उन्नयनमा महत्वपूर्ण योगदान दिएवापत राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालाई ‘शाश्वत आचार्य स्मृति पुरस्कार–२०८२’ प्रदान गरिएको छ । यसैगरी भाषा, साहित्य, सङ्गीत संस्कृति तथा समाजसेवामा योगदान दिएको भन्दै साहित्यकार संस्कृतिविद् डा.गोविन्द आचार्य, कमल विके निर्माेही, ऊर्दू सायर अब्दुल लतिफ शौक, पत्रकार झलक गैरे, चिकित्सक डा. विनोद कर्ण, हरित अभियन्ता हेमन्तराज काफ्लेलाई सम्मान गरिएको हो ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा. डा.जनार्दन आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यसर्जक प्राडा कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि लेखकहरुले रचना वाचनसमेत गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्