कोहलपुर जुत्ता चप्पल व्यवसायी संघमा नयाँ नेतृत्व



कोहलपुर (बाँके) ।

कोहलपुर जुत्ता चप्पल व्यवसायी संघमा नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार संघको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो । साधारणसभाबाट आगामी दुई वर्ष कार्यकालका लागि टीकाराम देवकोटाको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको संघले जनाएको छ ।

तेस्रो अधिवेशन तथा चौथो साधारणसभाबाट संघको उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, सचिवमा निलकण्ठ घिमिरे, सह–सचिवमा मधुकर पौडेल र कोषाध्यक्ष पदमा अगन्धर पौडेल निर्विरोध चयन भएका छन् । संघको सदस्यहरूमा सावित्री श्रेष्ठ, इन्द्रप्रसाद शर्मा, झलक राम काफ्ले, तुलसीप्रसाद देवकोटा, हेमन्त पुन मगर र डम्बरबहादुर खत्री चयन भएको नवनिर्वाचित अध्यक्ष देवकोटाले जानकारी दिए ।

उनकाअनुसार नयाँ कार्यसमिति चयन अघि संघको तेस्रो अधिवेशन तथा चौथौ साधारणसभाको उद्घाटन सत्र सञ्चालन भएको थियो । उक्त सत्रमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई प्रमुख अतिथि रहेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संघले पेसागत हकहितका लागि काम गर्ने विश्वास व्यक्त गरे ।

उनले कोहलपुर जुत्ता चप्पल व्यवसायी संघलाई सहयोग गर्नको लागि कोहलपुर उद्योग वाणिज्य संघ तयार रहेको बताएका थिए । नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष कविराम जैशीले संघलाई गतिशील बनाउन नयाँ कार्य समितिले सक्रियपूर्वक काम गर्ने विश्वास व्यक्त गरे। साधारणसभाको उद्घाटन सत्रमा कोहलपुर जुत्ता चप्पल व्यवसायी संघका संस्थापक अध्यक्ष बलराम देवकोटा, सल्लाहकारहरू यज्ञबहादुर सुवेदी, अमृतकुमार ढकाल, तुलसीप्रसाद देवकोटा लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार