कोहलपुर ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले ‘क्याफे कविता’ कार्यक्रमको आयोजना हुने भएको छ । प्रतिष्ठानले शनिबारको लागि ‘क्याफे कविता’ कार्यक्रमको आयोजना गरेको हो ।
विगतदेखि सञ्चालन गर्दै आएको ‘क्याफे कविता’ कार्यक्रमलाई निरन्तरता दिँदै शनिबार भाग–३ को आयोजना गरिएको प्रतिष्ठानका सचिव केशव निमेषले जानकारी दिए । कोहलपुरको साहित्य क्षेत्रलाई चलायमान बनाउन पछिल्लो समय विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
उनका अनुसार शनिबार पनि कवि रसिक राज र विध्याश्री सिंहले आफ्ना कविताहरू सुनाउने भएका छन् । मुख्य वक्ताका रूपमा ‘क्याफे कविता’को तेस्रो भागमा अहिलेका जुझारु कवि रसिक र सिंह रहेका छन् ।
कोहलपुरका साहित्यप्रेमीहरू कविता सुन्न आतुर रहेको उनको भनाइ छ । उनका अनुसार कार्यक्रम भोलि शनिबार दिउँसो ४ बजे कोहलपुर साझाचोकस्थित कोहलपुर पार्टी प्यालेसमा सञ्चालन हुने भएको छ । कार्यक्रममा उपस्थित हुन र कविता सुन्न सबैलाई आग्रह समेत गरिएको छ।









प्रतिक्रिया दिनुहोस्