कोहलपुर ।
सहकर्मी समाजलाई बाँके र बर्दियाको टे«निङ हबको रूपमा विकास गर्न सकिने नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले बताएका छन् । शनिबार सहकर्मी समाजको २५औँ साधारणसभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । सुविधासम्पन्न भौतिक पूर्वाधार र टे«निङ सेन्टरको रूपमा विकास भएको संस्था साँच्चिकै हेर्नलायक रहेको बताए । उनले बाँकेका पालिकाहरूसँग सहकार्य गरेर टे«निङ हबका रूपमा विकास गर्न जोड दिए ।
स्थानीय तहले टे«निङ सेन्टर बनाउन नसकिरहेका बेला संस्थाको सुविधासम्पन्न भौतिक पूर्वाधार र विज्ञहरूको सहकार्य गर्दा राम्रो हुने उनको भनाइ छ । ऐनले संस्था खोल्ने मात्र नभइ संस्थाको मूलमर्म र सिद्धान्तमा काम गर्नुपर्ने एक नमुनाको रूपमा सहकर्मी समाज रहेको उनले बताए। धेरै गैरसरकारी संस्थाहरूको इतिहास हेर्ने हो भने जन्म हुने तर त्यसको अन्त कसरी भयो भनेर समेत कसैलाई थाहा नहुने गरेको उनले बताए ।
२५ वर्षदेखि ग्रामीण क्षेत्रदेखि सहरसम्म संस्थाले गरेको सामाजिक कार्य अतुलनीय रहेको उनको भनाइ छ । उनले नेपालगन्ज उपमहानरपालिका संस्थासँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए । सहकर्मी समाज २०५४ सालमा सुर्खेत जिल्लामा दर्ता भएर सञ्चालन हँुदै आएको संस्था रहेको संस्थाका कार्यकारी निर्देशक अम्मरबहादुर ऐरले बताए । सुशासन, जैविक, कृषि, सामुदायिक विकासका क्षेत्र र समुदायमा जीविकोपार्जन सुधारमा काम गर्दै आएको जानकारी दिए ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले बताए । संस्थाले गैरसरकारी संस्था, सरकारी क्षेत्रमा तालिम तथा क्षमता विकासमा काम गर्दै आएको जानकारी दिए । हरेक वर्ष गैरसरकारी संस्थाले आफ्ना क्रियाकलाप पारदर्शी गर्न सरकारको नीति नियमअनुसार सबैसमक्ष पु¥याउन कार्यक्रम आयोजना गरिएको बताए ।
संस्थाले वर्षभर गरेका क्रियाकलापहरू साधारणसभाबाट र साधारण सदस्यबाट अनुमोदित गराउनुका साथै भावी योजनाहरू समेत प्रस्ताव गरिएको उनले जानकारी दिए । उक्त अवसरमा सामाजिक परीक्षण कार्यक्रमको प्रतिवेदन संस्थाका महासचिव रमा पौडेलले प्रस्तुत गरेकी थिइन् । साथै संस्थाले गरेका काम, उपलब्धि र आर्थिक वर्ष २०८१–०८२ को आयव्ययको बजेटसमेत प्रस्तुत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्