इरान:इरानले सैन्य आक्रमण गरे अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्नो मुख्य मुख्य सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ। इरानमा चर्केको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सैन्य हमलाको चेतावनी दिँदै आएकोमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डालाई निशाना बनाउने चेतावनी दिएका थिए।

इरानी चेतावनीपछि अमेरिकाले कतार, बहराइन लगायतका देशहरूमा रहेको सैनिक अड्डाबाट केही कर्मचारीलाई फिर्ता बोलाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। कतारको अल उदैदस्थित अमेरिकी सैनिक अड्डाबाट केही सैनिक कर्मचारीहरूलाई ट्रम्पले फिर्ता बोलाइसकेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
कतारको सैन्य अड्डालाई यसअघि पनि इरानले निशाना बनाएको थियो।इरानका राष्ट्रपति मसुद पेजेशकियानले सरकारसँग जनसमर्थन रहँदासम्म शत्रुको प्रयास असफल हुने बताएका छन्।









प्रतिक्रिया दिनुहोस्