सेवा प्रवाह जनमैत्री हुनुपर्छ : नगर प्रमुख आचार्य



बाँके ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाद्वारा प्रवाह गरिने सार्वजनिक सेवा जनतामैत्री हुुनुपर्ने बताएका छन् ।

कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८१–०८२ समिक्षा र आर्थिक वर्ष २०८२–०८३ को योजना तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी दुई दिने अभिमुखिकरणमा बोल्दै नगर प्रमुख आचार्यले नगरपालिकाले छनौट गरेका कार्यक्रमहरू समयमै सम्पन्न गरी जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने बताए ।

‘विभिन्न शाखा तथा वडाहरूले कार्यक्रम कार्यान्वयन गर्दा आईपरेका समस्याहरूको पहिचान गरी आगामी दिनमा कानुनि रूपमा देखिएका जटिलताहरू समाधान गर्न सकिन्छ’ उनले भने ‘बजेट कार्यान्वयनमा आएका समस्या समाधान गर्नका लागि आवश्यक पहल गर्न सकिन्छ ।’ साथै उनले संघीय सरकार र प्रदेश सरकारले गर्न कार्यक्रम समयमै गर्न सबैलाई निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा भएका कार्यहरूको समिक्षा गर्दै आन्तरिक मूल्यांकनमा सुधार गर्न सहयोग पुग्ने बताए । उनले ऐन, कानुन, नीति, नियम र निर्देशिकाको अधिनमा रहि काम गर्न सुझाव दिँदै कर्मचारी आफ्नो श्रमप्रति उत्तरदायी भई आफूबाटै सुधार गर्नुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार