राम बहादुर रावत । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८१–०८२ मा सम्पन्न कार्यक्रमहरूको वार्षिक समिक्षा गरिएको छ । कोहलपुर नगरपालिकामा बिहीबार वडागत तथा शुक्रबार शाखागत रूपमा गरिएको समिक्षामा रोजगार सेवा केन्द्र उत्कृष्ट भएको हो । नगरपालिकाले शाखागत रूपमा विनियोजित बजेटमा रोजगार सेवा केन्द्रले ९६.८ प्रतिशत बजेट फछ्र्याैट गरेको रोजगार सेवा केन्द्रका संयोजक आशिष बर्माले बताए ।
त्यस्तै नगर स्वास्थ्य शाखाले विनियोजित बजेट मध्ये ९५ प्रतिशत बजेट खर्च गरेको स्वास्थ्य शााखा प्रमुख अनिलसेन ठकुरीले बताएका छन् । यसका साथै न्यायिक समितिले ९४.३९ प्रतिशत कार्य प्रगति हासिल गरेको छ भने शिक्षा तथा खेलकुद् शाखाले विनियोजित कूल बजेटमध्ये ८७.२१ प्रतिशत उपलब्धि हासिल गर्न सफल भएको शिक्षा अधिकृत शिला गौतमले बताइन् । स्थानीय आर्थिक विकास उपशाखाको ८६.३७ प्रतिशत, आर्थिक प्रशासन शाखाले ८२ प्रतिशत उपलब्धी हासिल गर्न सफल भएको शाखा प्रमुख युवराज अधिकारीले जानकारी दिए ।
त्यस्तै उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाले वित्तीय प्रगति ७९.८४ प्रतिशत र भौतिक प्रगति ८६.४८ प्रतिशत उपलब्धि हासिल गरिएको उपशाखा प्रमुख अग्नी प्रसाद आचार्यले बताए । साथै नगर प्रहरी तथा विपद् व्यवस्थापन तथा वातावरण शाखाको विनियोजित बजेटको ७४.२१ प्रतिशत खर्च गर्न सफल भएको शाखा प्रमुख वीरबहादुर थापाले जानकारी दिए । यसका साथै कृषि विकास शाखाले ६२.८२ प्रतिशत प्रगति भएको छ भने खरिद तथा जिन्सी शाखा प्रमुख प्रकाश केसी, योजना तथा अनुगमन शाखा प्रमुख ऋषिराम धिताल, पशु विकास शाखा प्रमुख गोविन्द बहादुर रोकाय र महिला तथा बालबालिका तथा समावेशीकरण उपशाखाबाट रेखा आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै १५ वटै वडाका वडा सचिवहरूले वडा कार्यालयबाट प्रवाह गरिएका सेवा, राजस्व संकलन र विनियोजित बजेटबाट सम्पन्न गरिएका कार्यक्रमहरूका बारेमा प्रस्तुति दिएका थिए । वडा कार्यालयहरूमा बत्ति जाँदा सेवा प्रवाह गर्न असहज भएकाले तत्काल ब्याट्र«ीको व्यवस्थापन गर्न, सवारी साधानको व्यवस्था गर्न तथा थप जनशक्तिको व्यवस्थापन गर्न वडा सचिवहरूले माग गरे ।
‘सेवा प्रवाह जनमैत्री हुनुपर्छ’
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाद्वारा प्रवाह गरिने सार्वजनिक सेवा जनतामैत्री हुुनुपर्ने बताएका छन् । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८१–०८२ समिक्षा र आर्थिक वर्ष २०८२–०८३ को योजना तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी दुई दिने अभिमुखिकरणमा बोल्दै नगर प्रमुख आचार्यले नगरपालिकाले छनौट गरेका कार्यक्रमहरू समयमै सम्पन्न गरी जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने बताए ।
‘विभिन्न शाखा तथा वडाहरूले कार्यक्रम कार्यान्वयन गर्दा आईपरेका समस्याहरूको पहिचान गरी आगामी दिनमा कानुनि रूपमा देखिएका जटिलताहरू समाधान गर्न सकिन्छ’ उनले भने ‘बजेट कार्यान्वयनमा आएका समस्या समाधान गर्नका लागि आवश्यक पहल गर्न सकिन्छ ।’ साथै उनले संघीय सरकार र प्रदेश सरकारले गर्न कार्यक्रम समयमै गर्न सबैलाई निर्देशन समेत दिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा भएका कार्यहरूको समिक्षा गर्दै आन्तरिक मूल्यांकनमा सुधार गर्न सहयोग पुग्ने बताए । उनले ऐन, कानुन, नीति, नियम र निर्देशिकाको अधिनमा रहि काम गर्न सुझाव दिँदै कर्मचारी आफ्नो श्रमप्रति उत्तरदायी भई आफूबाटै सुधार गर्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्