नेपालगन्ज ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जअन्तर्गतका कार्यालयले एकैदिन रक्तदान शिविरबाट दुई सय ५६ पिन्ट रगत संकलन गरेका छन् । विश्वविद्यालयले विश्व बन्धुत्व दिवस एवम् राजयोगिनी दादी प्रकाशमणिको १८औँ पुण्यस्मृतिमा आयोजित रक्तदान कार्यक्रमको पहिलो दिन शनिबार दुई सय ५६ पिन्ट रगत संकलन भएको हो ।
नेपालगन्जमा मात्रै शनिबार ५५ पिन्ट रगत संकलन भएको ब्रह्मकुमार कृष्णले जानकारी दिएका छन् । रक्तदान कार्यक्रम आइतबार पनि सञ्चालन हुनेछ । उनका अनुसार बिहीबार मात्रै नेपालका विभिन्न ॐ शान्ति केन्द्रमा भएको रक्तदान कार्यक्रममा पाँच हजार पिन्ट रगत संकलन भएको छ ।
नेपालको इतिहासमै एक दिनमा भएको उक्त रगत संकलनको मात्रा हालसम्मकै बढी रहेको दाबी गरिएको छ । नेपालगन्जका रक्तदान शिविरको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले मानव जीवनको सबैभन्दा ठूलोे दान रगत दान भएको बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्