नेपालगन्ज ।
जिल्ला प्रशासन कार्यालय बाँकेले भोलि आइतबार अट्वारी पर्वका दिन पनि सेवा दिने भएको छ । लुम्बिनी प्रदेश सरकारले आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास रहेका ६ वटा जिल्लामा भदौ ८ गते आइतबार बिदा दिएको छ । तर, शुक्रबार बाँके प्रशासनले बिदाको दिन पनि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा नियमित रहने जानकारी दिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्