बाँके ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँकेअन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १ राप्ती सोनारी गाउँपालिका तथा प्रदेश (क र ख)को प्रथम अधिवेशन शनिबार राप्ती सोनारी गाउँपालिका–२ मदुईमा सम्पन्न भएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तप्त पौडेल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारू, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, महासमिति सदस्य महाबिर ओली, पूर्वक्षेत्रीय अध्यक्ष माधवराम खत्री, नेपाली काँग्रेस बाँकेका सदस्य देवबहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारीलगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । क्षेत्र नं. १ कार्यसमितिमा प्रकाशकुमार शर्मा अध्यक्ष, टिकाराम आचार्य सचिव, सरिता राना कोषाध्यक्ष र दुर्गा रेग्मी तथा अजय यादव सदस्य निर्वाचित भएका छन् । प्रदेश (क) कार्यसमितिको अध्यक्षमा अरुण यादव निर्वाचित भएका छन् । त्यस्तै, राप्ती सोनारी गाउँपालिका कार्यसमितिको अध्यक्षमा जंगबीर थारू, उपाध्यक्षमा डम्बर भण्डारी, महिला उपाध्यक्षमा समृद्धि खड्का, सचिवमा प्रियंका गोसाई, सहसचिवमा टोपबहादुर ओली, कोषाध्यक्षमा छवि सुनार र सदस्यमा दिलबहादुर थारू निर्वाचित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्