बिलबिजक जारी नगर्नेलाई २० हजार जरिवाना



नेपालगन्ज ।

नेपालगन्जको एक पसलले बिलबिजक जारी नगरेर कारोबार गरेको पाइएपछि २० हजार रूपैयाँँ जरिवाना गराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेको सहभागितामा भएको संयुक्त बजार अनुगमनका क्रममा मारुती नन्दन अर्डर सप्लायर्सलाई २० हजार रूपैयाँँ जरिवाना गरिएको हो ।

यसैगरी अनुगमनका क्रममा दश हजार पाँच सय मूल्यका सामानहरू नष्ट पनि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका बजार क्षेत्रका विभिन्न पसलमा अनुगमन गर्दा अखाद्य, लेबल नखुलेका सामानहरू फेला परेपछि नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।

बजार अनुगमनका क्रममा किराना खाद्य पसल तथा बेकरी उद्योग अनुगमन गरिएको थियो । केही दिनअघि अनुगमनका क्रममा नेपालगन्जस्थित गरदास फुटवेयरलाई दुई लाख रूपैयाँँ जरिवाना गरिएको थियो । उक्त पसलले एमआरपी नराखी कारोबार गरेको पाइएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार