
xr:d:DAFkLZyRB1w:10,j:48189159306,t:23053002
धनगढी ।
साउन महिना भगवान शिवको महिना मानिन्छ । सोमबार शिव भगवानको बार भएकाले साउनको पहिलो सोमबार विभिन्न मन्दिरहरुमा व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । कैलालीको धनगढी उपमहानगरपालिका– ४ मा रहेको शिवपुरी धाममा पनि व्रतालु तथा श्रद्धालुको भीड छ ।
त्यहाँ २२ असारदेखि श्रीमद्–हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव सञ्चालन भइरहेको छ । अनुष्ठान अवधिभर ११ करोड दीप प्रज्वलन गरिनुको साथै सवा करोड बेलपत्रमा पूजा गरिने पनि बताइएको छ । यस्तै भारतको वाराणसीको गंगाघाटमा हुने श्रृङ्गारिक महाआरती पनि हुँदै आएको मूल आयोजक समितिले जनाएको छ ।
यस्तै साउनको पहिलो सोमबार हिजो धनगढीकै प्रसिद्ध बेहडाबाबामा पनि व्रतालुको भीड छ । हरेक वर्ष जस्तै यसवर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका थिए । यसदिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्