प्याब्सन नेपालको लुम्बिनी संयोजकमा सिग्देल मनोनित



कोहलपुर (बाँके) ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‐प्याब्सन)को लुम्बिनी प्रदेश संयोजकमा दिनेश सिग्देल मनोनित भएका छन् । प्याब्सन नेपालको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले लुम्बिनी प्रदेश अध्यक्षमा सिग्देललाई मनोनित गरेको हो । उनी विभागको केन्द्रीय सदस्यसमेत हुन् ।

प्याब्सनले लुम्बिनीसँगै सात वटै प्रदेशका संयोजक तोकेको छ । सुदूरपश्चिम संयोजकमा कञ्चनपुरका समर जंग चन्द, कर्णाली प्रदेश संयोजकमा सुर्खेतका पूर्णबहादुर नेपाली, गण्डकी प्रदेश संयोजकमा तनहुँका गोपाल पराजुली चयन भएका छन् । यस्तै मधेश प्रदेश संयोजकमा रौतटहका शंकरप्रसाद शाह, बागमती प्रदेश संयोजकमा सिन्दुलीका पदमबहादुर कार्की र काठमाडौँका प्रल्हाद खनाललाई तोकिएको छ ।

कोहलपुर क्षेत्रका प्रतिष्ठित शिक्षासेवीका रूपमा रहेका सिग्देल प्याब्सन नेपाल बाँकेका पूर्व वरिष्ठ उपाध्यक्ष तथा जिल्ला सल्लाहकारसमेत रहेका छन् । कोहलपुर नगरपालिका–१० स्थित राज जानकी स्कुलका संस्थापक समेत रहेका उनी नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका निवर्तमान सभापतिसमेत हुन् ।

विपद् समयमा पूर्वतयारीका लागि प्याब्सन नेपालले सबै प्रदेशमा संयोजक तोकेको उनले बताए । लुम्बिनी प्रदेशको जिम्मेवारीमा आफूलाई तोकिएको र जिम्मेवारी कुसलता पूर्वक निर्वाह गर्ने उनले मिसन टुडेसँग बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार