कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–५ स्थित ब्रीज इन्टरनेशलन स्कुलमा नेतृत्व विकासका लागि उद्घोषण तालिम सुरु भएको छ । समाज सेवा संंस्था नेपाल केन्द्रीय कार्यालयको आयोजनामा नेतृत्व विकासका लागि उद्घोषण तालिम सुरु भएको हो । तालिमको बुधबार कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए ।
उद्घाटनमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले नेतृत्व विकासका लागि उद्घोषण अपरिहार्य रहेको बताए । उनले विद्यार्थीहरुलाई नेतृत्व विकाससम्बन्धी तालिम आवश्यक रहेको उल्लेख गरे । ‘स्कुलकै सहयोगमा महत्वपूर्ण कार्यक्रम सुरु भएको छ । विद्यार्थीहरुलाई यो कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको छु ।
यसले भोलिको सक्षम नेतृत्व जन्माउनसमेत भूमिका खेल्छ,’ तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडा अध्यक्ष श्रेष्ठले भने । आयोजक समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले विद्यार्थीहरुको नेतृत्व विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । तालिम असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्