बाँसगढीमा बसाइँ सरेर जानेभन्दा आउने धेरै



बाँसगढी नगरपालिकामा चालू आर्थिक वर्ष २०८१–०८२ को हालसम्म १३४ परिवार बसाइँ सरेर आएका छन् । चालू आर्थिक वर्षको जेठ महिनासम्म विभिन्न क्षेत्र तथा जिल्लाबाट १३४ परिवारका ४१६ जना सदस्य बसाइँसराइ गरेर बाँसगढीमा आएका हुन् । बाँसगढी नगरपालिकाका अनुसार नगरपालिकाबाट बसाइँ सरेर जानेको कूल दर्ता सङ्ख्या १०३ परिवार रहेको छ ।
बाँसगढी (बर्दिया) ।

बर्दियाको बाँसगढी नगरपालिकामा चालू आर्थिक वर्ष २०८१–०८२ को हालसम्म १३४ परिवार बसाइँ सरेर आएका छन् । चालू आर्थिक वर्षको जेठ महिनासम्म विभिन्न क्षेत्र तथा जिल्लाबाट १३४ परिवारका ४१६ जना सदस्य बसाइँसराइ गरेर बाँसगढीमा आएका हुन् । बाँसगढी नगरपालिकाका अनुसार नगरपालिकाबाट बसाइँ सरेर जानेको कूल दर्ता सङ्ख्या १०३ परिवार रहेको छ ।

यस आवमा बाँसगढी नगरपालिकाबाट १०३ परिवारका कूल ३०९ जना सदस्य बसाइँसराइ गरेर अन्यन्त्र गएका छन् । नगरपालिकामा रहेका ९ वटा वडामध्ये सबैभन्दा धेरै वडा नम्बर ८ बाट बसाइँ सरेर अन्यन्त्र गएका छन् । उक्त वडामा कूल २० वटा बसाइँसराइका लागि निवेदन दर्ता भएका थिए ।

उक्त वडाबाट कूल ६२ परिवारले बसाइँ सरेका छन् । यस्तै वडा नम्बर २ बाट ५७, वडा नम्बर ९ बाट ४४, वडा नम्बर ६ बाट ३७ परिवार बसाइँ सरेर गएका छन् । यसैगरी वडा नम्बर ५ बाट ३१, वडा नम्बर ३ बाट ३०, वडा नम्बर ७ बाट १८ र वडा नम्बर १ बाट १० परिवार बसाइँ सरेर गएको नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।

यस्तै वडा नम्बर ३ मा सबैभन्दा धेरै ७० परिवार बसाइँ सरेर आएका छन् । वडा नम्बर ४ मा ६३, वडा नम्बर ९ मा ६२, वडा नम्बर ५ मा ५२ परिवार बसाइँ सरेर आएको पौडेलले बताए । सूचना अधिकारी पौडेलका अनुसार बसाइँ सरेर आउनेमा वडा नम्बर ८ मा ५०, वडा नम्बर ७ मा २५, वडा नम्बर ६ र १ मा समान १५-१५ परिवार बसाइँ सरेर आएका छन् । चालू आवमा बाँसगढीमा हालसम्म ५३५ वटा विवाह दर्ता भएका छन् ।

सबैभन्दा धेरै विवाह दर्ता हुने वडामा वडा नम्बर ४ रहेको छ । त्यहाँ कूल ८४ वटा विवाहदर्ता भएका छन् । यस्तै वडा नम्बर ९ मा ८०, वडा नम्बर ८ मा ६९, वडा नम्बर २ मा ६८ र वडा नम्बर ६ मा ६५ जनाको विवाहदर्ता भएको छ ।

यसैगरी वडा नम्बर ३ मा ६१, वडा नम्बर ५ मा ५१, वडा नम्बर ७ मा ४० र वडा नम्बर १ मा २३ वटा विवाहदर्ता भएका छन् । सूचना अधिकारी पौडेलले बाँसगढीमा कूल ६८ जना परिवारबीच सम्बन्ध विच्छेद भएको जानकारी दिए । तीमध्ये सबैभन्दा धेरै वडा नम्बर ४ मा १२ र सबैभन्दा कम वडा नम्बर ७ मा २ जना परिवारबीच सम्बन्ध विच्छेद भएको छ । वडा नम्बर ५ र ९ मा समान ९-९, वडा नम्बर २ र ८ मा पनि समान ८-८ वटा, वडा नम्बर ३ मा ७ वटा, वडा नम्बर ६ मा ६ वटा र वडा नम्बर १ मा ३ जनाको सम्बन्ध विच्छेद भएको छ ।

यसैगरी बाँसगढी नगरपालिकामा कूल ३६९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमा पुरुषको सङ्ख्या २०८ र महिलाको सङ्ख्या १६१ जना रहेको छ । यस्तै बाँसगढी नगरपालिकामा चालू आवको हालसम्म १ हजार ७५ जनाको जन्म भएको छ । तीमध्ये ५३३ पुरुष र ५४२ जना महिला रहेका छन् ।

चालू आर्थिक वर्षको हालसम्म नगरपालिकामा कूल ६ हजार ५ सय ८६ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । उनीहरूलाई गाउँपालिकाले तेस्रो चौमासिकसम्म कूल १८ करोड ३५ लाख ८९ हजार ६ सय ५ रूपैयाँँ वितरण गरिएको छ । अब अन्तिम चौमासिकमा ६ करोड २७ लाख ६९ हजार ३ सय ९० रूपैयाँँ वितरण गर्न बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार