चन्द्र भण्डारी भन्छन्,‘अनावश्यक गफ लाउदैँमा देश बन्दैन’



गणेश रावत,कोहलपुर
नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद डा.चन्द्र भण्डारीले अनावश्यकगफ लाउदैँमा देश नबन्ने बताएका छन् । बिहीबार कोहलपुरमा बाँके क्षेत्र नम्बर १ को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो कुरा बताएका हुन् ।उक्त अवसरमा उनले कोही नेताले बहुदलीय व्यवस्था,गणतन्त्र ल्याए र म जेल गएको हुँ भन्दैमा अब कसैले पत्याउने र टिक्नेवाला नरहेको बताए । समय परिवर्तनशील रहेकाले समय अनुसार परिवर्तन हुन आवश्यक रहेको नेता डा.भण्डारीले बताए ।देश बनाउन र बन्नका लागि नयाँ सोचका साथ जनतासँग भिज्नुपर्ने कुरामा उनले जोड दिए । उनले जनताका माझ गएर उनीहरुको समस्या समाधान गर्न र दुःख सुखमा साथ दिनु नै वीपीको सिद्धान्त रहेको बताए ।

उनले अनआवश्यक गफ लगाएर आफ्नो लागि मात्रै सोच्ने अरुको लागि केही नसच्ने नेपाली काँग्रेस हुन नसक्ने बताए । उनले कोहलपुर क्षेत्रमा माओवादी द्धन्द्धमा दुःख पाएका, घरबारविहीन ,अपांग र सम्पति लुटिएका नागरिकको बसोबास रहेकाले उनीहरुको समस्या समाधान गर्न काँग्रेस लाग्नुपर्ने कुरामा जोड दिए ।उनले अहिले नागरिकमा असन्तुष्टि रहेकाले दश वृद्धाश्रम बन्न थालेको बताए । देश बनाउने भनेकै काँग्रेस रहेकाले अब उनले युवालाई देश नछाड्न आग्रह गरे ।

‘ठूला कुरा केही नगर्नुस् । जनतासँग जोडिन परेन ।’ यहाँको भूमिसँग जोडिन परेन । मुलुक र यहाँको इतिहाससँग जोडिन पर्याे ।’ नेता डा.भण्डारीले भने ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको क्षेत्र र उनले बनाएको संविधान लागू भयो भएन भनेर प्रश्न गर्न आवश्यक रहेको बताए । उनले एउटै व्यक्तिलाई सबै ठाउँमा म काँग्रेस हुँ ! भनेर अबको यो युवा पुस्ताले मान्छ भन्दै प्रश्न गरे । त्यसैले जनताका कुरा उठाउन आवश्यक रहेको बताए ।
अहिले जनताहरु दल तथा नेतासँग जनता असन्तुष्ट रहनुको मुख्य कारण भनेकै एउटै नेता रहिरहनु रहेको बताए । ‘३४ वर्षदेखि एउटै नेता छन् । प्रचण्डजी,केपी ओलीजी, शेरबहादुरजी ३४ वर्षदेखि उहाँहरू हुनुहुन्छ । तर, ३४ वर्ष उहाँहरू भइराख्दा जनताको समस्या समाधान हुनुप¥यो कि परेन ?,’ उनले भने
अब काँग्रेस चनाखो रहेन र सबैलाई पराजित गर्ने शक्ति आर्जन गर्न आवश्यक रहेको उनले बताए ।
सही र गल्ती भन्न नसक्ने अवस्थामा काँग्रेस पुगेको उनको भनाइ छ । अहिलेकै गतिमा गए काँग्रेसको भविष्य के हुन्छ भन्दै प्रश्न गरे । जनतासँग पार्टीको सम्बन्ध दिनप्रतिदिन पातलिदैँ गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।बाँके क्षेत्र नम्बर १ ले गरेका काम र प्रयासको अतिथि सबैले प्रशंसा गरेका थिए । नेपाली

काँग्रेस बाँके क्षेत्र नम्बर १ को आफ्नै वेवसाइट तेस्रो सम्मेलनबाट सञ्चालन ल्याइएको सभापति पोषण केशीले बताए ।
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले गरेका काम काज, प्रतिनिधिको प्रतिलिपि, विधान लगायत सबै जानकारी सहजै लिन सकिने उनको भनाइ छ । जनताका दुःख र सुखमा सक्दो काम गर्दै आएको उनले जानकारी दिए ।नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी रहेकाले अब देश बनाउने जिम्मा समेत काँग्रेसकै रहेको उनको भनाइ थियो । गुटगत नभइ सबैले एक अर्कालाई बुझ्दै संगठन विस्तारमा लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न तेस्रो सम्मेलनमा केन्द्रीय सदस्यहरु हृदयराम थानी, डा. गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा क्षेत्रीय कार्यसमितिको वेबसाइट पनि शुभारम्भ गरिएको थियो । यस्तै क्षेत्रीय कार्यसमितिले गरेका महत्वपूर्ण कामहरु समेटेर भिडियो सामग्री पनि देखाइएको थियो । क्षेत्रीय सभापति केसीले पार्टीलाई प्रविधिमैत्री बनाउन वेबसाइट बनाएर शुभारम्भ गरिएको बताए । सम्मेलनमा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

यस्तै प्रदेश सभा ‘क’ का कोषाध्यक्ष झुपबहादुर विष्टले आर्थिक प्रतिवेदन तथा प्रदेश सभा ‘ख’ का सचिव भिम पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदन सम्मेलनबाट पारित भएका छन् । कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गरेका थिए । सम्मेलनमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार