लुम्बिनी युवा सम्मेलन : राजनीति,प्रविधि र युवाका सवालमा बहस



कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ को दोस्रो दिन विभिन्न विषयमा बृहत बहस भएको छ । कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल कोहलपुर बाँकेको आयोजनामा फागुन १५ देखि सुरु भएको लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ मा दोस्रो दिन विभिन्न पाँच वटा विषयमा समूहगत छलफल तथा बहस भएको हो ।
फेस्टिवलको पहिलो दिन सांस्कृतिक महोत्सव ‐कला र संस्कृतिको प्रदर्शन, प्रतियोगिता र प्रदर्शनी) सम्पन्न भएको थियो । कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल कोहलपुर बाँकेका अध्यक्ष रमेश वरका अनुसार दोस्रो दिन राजनीतिमा युवामा,राजनीतिमा महिला,वातावरण संरक्षणमा युवा ,प्रविधि,शिक्षा र युवाको सम्बन्ध,समाज परिवर्तनका लागि युवा÷स्थानीय स्तरमा युवाका चुनौती र सम्भावनाहरु विषयमा समूहगत छलफल भएको हो ।
राजनीतिमा युवा शीर्षकको बहसमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकाल र पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज‘ अथक’ रहेका थिए । उनीहरुले राजनीतिमा युवाहरुको महत्वपूर्ण सहभागितामा जोड दिए । राजनीतिकमा महिला नामक सत्रमा लुम्बिनी प्रदेश सदस्यहरु कृष्णा केसी ‘नमुना’,बसन्ती अधिकारी,सञ्जुकुमारी चौधरी र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी रहेका थिए ।
उनीहरुले राजनीतिमा सहभागिता न्युन भएका कारण महिलाका मुद्धाहरु ओझेलमा रहेको बताए । उनीहरुका अनुसार राजनीतिमा महिलाहरुको शसक्त भूमिका आवश्यक छ । बाँके राष्ट्रिय निकुञ्जका मन्दिप पंगेनी र प्रेम बुढाले वातावरण संरक्षणमा युवाहरुको भूमिकाका विषयमा बहस गरे । प्रविधि,शिक्षा र युवाको सम्बन्ध शीर्षकको बहसमा लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारी र अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने र आइटी स्पेसेलिष्ट अंकित श्रीवास्तव भाग लिएको अध्यक्ष वरले बताए । यस्तैगरी समाज परिवर्तनका लागि युवा÷स्थानीय स्तरमा युवाका चुनौती र सम्भावनाहरु नामक बहसमा शकंर न्यौपाने, सरिता निलसागर र नमस्कार शाहले बहस गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार