जसले ८५ पटक रक्तदान गरे



२०७८ फागुन ६ गते प्रवाशकुमार शाक्यको घरमा छोरी माग्न एउटा परिवार आएको थियो । घरमा छोरी माग्न आएको परिवारलाई प्रवाशले सोधे, ज्वाइँ बन्ने मानिस के गर्नुहुन्छ ? उनका बुवाआमाले आफ्नो छोरा इञ्जिनियर भएको परिवारलाई सुनाए । प्रवाशले ज्वाइँ बन्न आएकालाई सोधे, तपार्ईँले रक्तदान गर्नुभएको छ ? प्रश्न सोधिएका मानिस अच्चममा परे । उनले उत्तरको अपेक्षा गरेनन्, बरु सिधै भनिदिए, रक्तदान गर्नुभयो भने मात्र छोरी दिन्छु ।’

सुर्खेत ।

जसले आफ्नो जीवनमा ८५ पटक रक्तदान गरिसकेका छन् । उनीसँग मिल्ने रगत कसैलाई आवश्यक परे उनलाई कुनै समय र व्यस्तताले रोक्दैन । तर मात्रै स्वास्थ्यले साथ दिनुपर्छ । उनी हुुन्, प्रवाशकुमार शाक्य । उनले हालसम्म कर्णालीमै धेरै ८५ पटक रक्तदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली निवासी उनी २०३४ सालमा नेपालगन्जको घरबारी टोलमा जन्मिएका हुन् । प्राथमिक तहको विद्यालय शिक्षा सुरु गर्ने बेलामा उनको परिवार सुर्खेत उक्लियो ।

उनी परिवारमा कान्छो छोरा हुुन् । उनका बुवा पत्रकारिता सँगसँगै सामाजिक सेवामा सक्रिय थिए । आफूलाई रक्तदानमा निरन्तर रहन बुवाले नै प्रेरित गरेको उनी बताउँछन् । ‘२०५४ सालको एक दिन प्रवाशले साइनबोर्ड लेख्दै थिए । एक जना परिचित दाई प्रकाश श्रेष्ठले तिम्रो रगत तान्नुपर्ने भयो । आउ भनेर बोलाए । म डराएँ । तैपनि मलाई अर्का साथीले जबर्जस्ती जिल्ला अस्पतालमा पु¥याए’ उनले भने, ‘कोही बिरामी भएर आफूलाई साथीले लिएको होला भन्ने लागेको थियो । तर साथीले रक्तसञ्चार केन्द्रमा लिए । उसले रक्तसञ्चार केन्द्रमा पु¥याएपछि म आपतमा परेँ, मलाई त्यतिबेलासम्म रक्तदान गरे भने दुब्लाएर मरिन्छ भन्ने लाग्थ्यो । तर त्यस्तो सोच्न गलत रहेछ ।’

विगत स्मरण गर्दै उनले त्यो क्षण डराउँदै रगत दिएको सम्झिए । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली उत्सवको छैटौँ संस्करण पैकेलोका रूपमा रहेका उनले आफ्नो रक्तदान कथा सुनाएका हुन् । ‘रक्तदान गरेको कुरा सुरुमा बुवालाई गएर सुनाए । त्यो सुनिसकेपछि बुवाको अनुहारमा छाएको खुसी देखेर म छक्क परेँ’ उनले भने, ‘म केही बोल्न नपाउँदै बुवाले जिन्दगीमा पहिलोपटक पूण्य काम गरेको भन्दै धन्यवाद दिनुुभयो । र रक्तदान गर्न नछोड्न भन्नुुभयो ।’

त्यसपछि उनी रक्तदानका विषयमा लेखिएका सामग्री खोजीखोजी पढ्न थाले । यसैका विषयमा व्यक्ति संस्थासँग बुझ्न थाले । रक्तदान र दान गरिएको रगतको बारेमा धेरै कुरा बुझे । ‘विस्तारै थाहा भयो कि रगत यस्तो चिज रहेछ, न अस्पतालमा किन्न पाइन्छ, नत अन्त कतै । त्यति बुझेपछि म रक्तदानका अभियानमा सरिक हुँदै गएँ’ उनले भने, ‘हाल म अरुलाई पनि रक्तदान गर्न र यसको महत्वका बारेमा भन्दै हिँड्छु । विस्तारै यसबारे सचेतना पनि बढेको छ ।’

मानिसले मानिसको ज्यान बचाउन दिने रगतको महत्वका विषयमा चर्चा गरी नसकिने उनी बताउँछन् । उनले आफैँँले जीवनमा कम्तीमा पनि १०० पटक रक्तदान गर्ने योजना बनाएका छन् । आफ्नो जीवनमा यो लक्ष्य पूरा नभएपनि छोरालाई निरन्तर रक्तदान गर्न लगाउने उनको भनाइ छ ।

रक्तदानको सिलसिलामा आफू भारतमा पुगेको र त्यहाँको रक्तदानमा प्रयोग हुने प्रविधि देखेर लोभिएको अनुभव पनि उनले सुनाए । यतिसम्मकी कोभिड– १९ को बेला लकडाउनको अवस्था आउँदा पनि उनले बिरामीका लागि चाहिने रगत परिपूर्तिका लागि हिँड्डुल गर्न छोडेनन् । पत्रकारितासँग पनि आवद्ध भएकाले आफूलाई त्यही बहानामा रगत जुटाउन कोभिडका बेला हिँड्डुल गर्न सहज भएको उनी बताउँछन् ।

कोभिडको समय स्मरण गर्दै उनले भने, ‘त्यो बेला न यातायात चल्थे । न त मानिस नै हिँड्डुल गर्न पाउँथे । यस्तो बेलामा रगत नपाएका कारण कसैको ज्यान जानु नपरोस् भन्ने मेरो मनमा लागेको थियो । पत्रकारको कार्ड लगाएर कहिले अस्पताल त कहिले कतै जान सहज भयो । जे भएपनि त्यो कार्ड मैले कसैको हितकै लागि उपयोग गरेको थिए । अहिले गर्व लाग्छ ।’

रक्तदानकै सन्दर्भमा उनीसँग अविस्मरणीय क्षण छन् । एकपटक कर्णाली प्रदेश अस्पतालमा भर्ना भएकी १ जना महिलाका लागि पोजिटिभ र नेगेटिभ दुबै किसिमको रगत आवश्यक परेको रहेछ । प्रवाशलाई मध्यरात एक जना महिलालाई रगत आवश्यक परेको भनेर फोन आयो । दुर्लभ रगत चाहिएको भनेपछि उनी पनि आपतमा परे । राती उठेर जान खोजेपछि प्रवाशलाई श्रीमतीले रोक्न खोजिन् । उनले सम्झाएर श्रीमतीलाई लिएर अस्पताल पुगेर रगतको जोहो गरे ।
केही दिनपछि तिनै महिला प्रवाससँग बाटोमा भेटिइन् र भनिन् ‘तपार्ईँ त्यो राती नआइदिएको भए आज म यो संसारमा हुने थिएन सायद ।’ त्यो कुराले आफूलाई थप हौसला दिएको उनी बताउँछन् ।

अर्को शन्दर्भ यस्तो छ कि ‘२०७८ फागुन ६ गते प्रवाशकुमार शाक्यको घरमा छोरी माग्न एउटा परिवार आएको थियो । घरमा छोरी माग्न आएको परिवारलाई प्रवाशले सोधे, ज्वाइँ बन्ने मानिस के गर्नुहुन्छ ? उनका बुवाआमाले आफ्नो छोरा इञ्जिनियर भएको परिवारलाई सुनाए । प्रवाशले ज्वाइँ बन्न आएकालाई सोधे, तपार्ईँले रक्तदान गर्नुभएको छ ? प्रश्न सोधिएका मानिस अच्चममा परे ।

उनले उत्तरको अपेक्षा गरेनन्, बरु सिधै भनिदिए, रक्तदान गर्नुभयो भने मात्र छोरी दिन्छु ।’ प्रवाशलाई उनका ज्वाइँले प्रतिप्रश्नमा रक्तदानको शर्तबारे सोधे । सरसर्ती आफ्नो रक्तदान अभियान र यसको महत्वका बारेमा भदिदिए । ज्वाइँ बन्न रक्तदान गर्नुपर्ने शर्तबाटपछि हट्दै हटेनन् । छोरी माग्न आएको परिवार फर्कियो । ज्वाइँले केही दिनपछि आफूले रक्तदान गरेको तस्बिर प्रवाशलाई पठाए । अनि प्रवासले भने, अब मैले हजुरलाई छोरी सुम्पिएँ, रक्तदान जारी राख्नुहोला । उनले छोरीको विवाह माग्न आएकासँग धुमधाम गराइदिए । ज्वाइँले पनि रक्तदानलाई जारी राख्ने शर्त फेरि पनि दोहो¥याए ।

हाल प्रवाश जतिबेला भेटेपनि साथीहरूलाई एउटै कुरा भन्छन्, ‘रक्तदानचाहिँ गर्नुपर्छ है ।’ उनको नेतृत्वमा सुर्खेतमा स्वयम्सेवी रक्तदाता समाज नामक संस्था बनाएका छन् । यसको उनी केन्द्रीय सदस्य पनि हुन् । यो संस्थालाई सुर्खेतमा स्थापना गरेको उनैले हो । संस्थामार्फत प्रदेशभर रक्तदानको क्षेत्रमा काम गरिरहेका छन् । कर्णालीमा दानमा दिएका रगतलाई सरकारले बिरामीलाई निःशुल्क दिनुपर्छ भनेर उनले संस्थामार्फत पैरवी गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार