कोहलपुर ।
विद्यालय शिक्षकहरूका लागि उद्यमशीलता तथा व्यवसायिक सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फागुन ६ गतेबाट कोहलपुरमा सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय विद्यालय शिक्षकहरूका लागि उद्यमशीलता तथा व्यवसायिक सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले बढ्दो बेरोजगारीलाई कम गरी रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।
१२ कक्षा पढाइ सक्नासाथ दक्ष जनशक्ति र युवाहरू विदेश पलायन भइरहेको बताउँदै उनले यसलाई रोक्न विद्यालय स्तरबाटै पठनपाठन मात्र नभई उद्यमशीलता र व्यवसायिक बन्न प्रेरित गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्यक्रममा विभिन्न जिल्लाका २३ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्