एमाले बाँकेले सुरु ग¥यो ‘जरा’ अभियान



नेपालगन्ज ।

नेकपा एमाले बाँकेले ‘जरा’ अभियान सुरु गरेको छ । नेता कार्यकर्ताहरू जनताको घरघरमा पुग्ने गरी नेकपा एमाले बाँकेले ‘जरा’ अभियान सुरु गरेको हो । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एमालेका नेता कार्यकर्ताहरू जनताको घर–घरमा गएर समस्या बुझ्ने र समाधानको प्रयास गर्ने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार अभियान चैत्र महिनासम्म सञ्चालन हुनेछ । अभियान अवधिमा सांगठनिक,वैचारिक र सामाजिक काम गरिनेछ । सांगठनिक काम अन्तर्गत पार्टीका सबै तहका कमिटीको बैठक बस्ने, जनसंगठन र विभागहरूको बैठक बस्ने, सदस्यताको नवीकरण गर्ने काम गरिने उनको भनाइ छ । यसैगरी, बाँकेमा दुईसय २२ वटा टाल कमिटी गठन भइसकेकोमा अब बाँकी २० प्रतिशत टोलमा पनि कमिटी गठन गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

पार्टीको वैचारिक अभियान अन्तर्गत नेताहरू विभिन्न स्तरका कमिटीलाई प्रशिक्षण गर्न खटिने पनि उनले जानकारी दिए । सामाजिक काम अन्तर्गत सबै तहका कमिटीहरूले स्थानीय आवश्यकताअनुसारका सामाजिक कामहरू गरिने उनले बताए । जसअन्तर्गत, रक्तदान, सरसफाई, राष्ट्रियताको प्रवद्र्धनका लागि कार्यक्रम, गाउँ टोलको समस्या समाधानका लागि छलफल पनि गरिने तय गरिएको छ ।

यस अवधिमा जनताको घरदैलोमा गई उनीहरूको समस्याहरू बुझ्ने र समाधानको पहल पनि गरिने उनले बताए । अभियानमार्फत स्थानीय विकासका एजेण्डाहरू पहिचान गरी लगत संकलन गरिने पनि गुरुङको भनाइ छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा नेता कार्यकर्ताको भेला आयोजना गरी अभियानको समापन गर्ने तयारी गरिएको समेत अध्यक्ष गुरुङले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार