20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने पन्तको अभिव्यक्तिप्रति कोमल वलीको कडा आपत्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७७  

काठमाडौँ– राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे कडा आपत्ती जनाएकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी हुन् ।

एक कार्यक्रममा पन्तले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको बताएकी छन् ।

प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेकाले एकअर्काको आदर सम्मानविना समाजमा न्याय, समानता र विवेकशीलताको अन्त हुने वलीको भनाइ छ ।
विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७७     1:29:28 PM  |