नेपालगन्जमा लीपमोटर र सिट्रोनको एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभ



एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभमा लिपमोटरको मोडल सी– १० र सिट्रोन सी– ३ राखिएको छ । दुवै कम्पनीका चर्चित मोडलको शनिबार साँझसम्म सिने रोयल परिसरमा पुगेर निःशुल्क रूपमा टेस्ट ड्राइभ अनुभव लिन सकिनेछ ।

बाँके ।

विद्युतीय सवारी लीपमोटर र सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले नेपालगन्जमा एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभ आयोजना गरेको छ । नेपालगन्जस्थित सिने रोयलको परिसरमा बुधबारदेखि एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभको आयोजना गरिएको हो । एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभ शनिबारसम्म चल्ने साँग्रिला मोटर्सका मार्केटिङ इन्चार्ज कुमुद नकर्मीले मिसन टुडेलाई जानकारी दिए ।

उनका अनुसार एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभमा लिपमोटरको मोडल सी– १० र सिट्रोन सी– ३ राखिएको छ । दुवै कम्पनीका चर्चित मोडलको शनिबार साँझसम्म नेपालगन्जमा रहेको सिने रोयल परिसरमा पुगेर निःशुल्क रूपमा टेस्ट ड्राइभ अनुभव लिन सकिने साँग्रिला मोटर्सका मार्केटिङ इन्चार्ज नकर्मीले बताए ।

दुवै गाडिको नेपालगन्ज क्षेत्रको आधिकारिक बिक्रेता शुभ लाभ इन्टरप्राइजेजका सञ्चालक निरञ्जन राजभण्डारीले विद्युतीय सवारी साधनको नवीनतम् प्रविधिको अनुभव लिन सबैलाई आग्रह गरे । ‘एक्सचेन्ज क्याम्प आएर नेपालगन्ज क्षेत्रका नागरिकले विद्युतीय सवारीका दुई चर्चित मोडेलको निःशुल्क रूपमा टेस्ट ड्राइभ अनुभव लिन सक्नुहुन्छ’ उनले भने, ‘टेस्ट ड्राइभ गर्दा कुनै शुल्क लाग्दैन ।’

कम्पनीले यी दुई मोडेलका कार खरिदमा बिशेष छुटको अफर समेत ल्याएको छ । भोलि अर्थात् शनिबार साँझसम्म सिने रोयल परिसरमा चलिरहेको एक्सचेन्ज क्याम्प र टेस्ट ड्राइभमा पुगेर किन्नेहरूले छुट पाउनेछन् । यो अवसरमा ७ किलोवाटको चार्जर, एक्सचेन्ज बोनस, तत्कालै फाइनान्स लगायतका सुविधाहरू पाइने नेपालगन्ज क्षेत्रको आधिकारिक बिक्रेता शुभ लाभ इन्टरप्राइजेजले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार