बाँके ।
बाँकेको जानकी गाउँपालिका– २ मा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बेल्भारस्थित इमिली नाला नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँका १४ वर्षीय प्रवीण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पोखरीमा डुबेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पोस्टमार्टम्पछि शवलाई परिवारको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । पौडी खेल्ने क्रममा यादव डुबेको बताइएको छ ।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्