बर्दिया ।
बर्दियाको गुलरिया उद्योग बाणिज्य संघको अध्यक्षमा देवेन्द्र पाण्डे (मंगल) निर्विरोध निर्वाचित भएका छन् ।
संघको हालै सम्पन्न अधिवेशनबाट पाण्डेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनी संघमा दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् ।
संघको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः इन्द्रकुमार श्रेष्ठ (बन्धु), सुरेन्द्र बगाले र विष्णुकुमार सुनार (सेठ्ठी) निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा मोहित पौडले, सविचमा कृष्ण थारू, कोषाध्यक्षमा केशवप्रसाद रिजाल र सह–कोषाध्यक्षमा लीलाबहादुर सुनार निर्विरोध चयन भएका छन् ।
त्यसैगरी, संघका नवनिर्वाचित सदस्यहरूमा घनश्याम लोध, बशी अहमद इद्रिसी (बब्लु), पीताम्बर घिमिरे, जाकिर हुसेन मनिहार, सुमित्रा चौधरी, अशोककुमार केसी, सुरेन्द्र गौतम, रमेश रावल, सर्दिप ढुंगाना, नवीन चौधरी, महमद मैहमुद रजामनिहार र अशोक राजु पोखरेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्