बालज्योति सेकेन्डरी स्कुलले ‘लोपउन्मुख र रैथाने वनस्पतिको संरक्षणमा अघि बढौं, स्वदेशी उत्पादन र मानव स्वास्थ्यको रक्षा गरौं’ भन्ने नाराका साथ ‘एक विद्यार्थी एक बिरुवा अभियान’को सुरुवात समेत गरेको छ ।
गणेश रावत । कोहलपुर ।
कोहलपुरमा रहेको बालज्योति सेकेन्डरी स्कुलले ‘एक विद्यार्थी एक बिरुवा अभियान’ थालेको छ । ‘लोपउन्मुख र रैथाने वनस्पतिको संरक्षणमा अघि बढौं, स्वदेशी उत्पादन र मानव स्वास्थ्यको रक्षा गरौं’ भन्ने नाराका साथ विद्यालयले अभियानको सुरुवात गरेको हो ।
विद्यालय विगत २ वर्षदेखि लोपउन्मुख र रैथाने वनस्पति संरक्षणमा जुटेको प्रधानाध्यापक दामोदर पौडेलले जानकारी दिए । उनकाअनुसार पछिल्लो समय जनसङ्ख्या बढ्दै जाँदा वनजंगल फडाँनी र वनस्पति लोप हुँदै गएकाले विद्यार्थीहरूसहित विद्यालय परिवार संरक्षणमा लागि परेको हो ।
विद्यालयले वनस्पति संरक्षणको लागि बालज्योति स्कुल फिल्ड जीन बैंक स्थापना गरी सृजना सामुदायिक वनमा वृक्षरोपण गर्दै आएकोे उनले बताए । सामुदायिक जीन बैंक सहयोग र नार्कको सहजीकरणमा लोपउन्मुख रैथाने वनस्पतिको संरक्षण र विद्यार्थीहरूले अवलोकन गर्दै प्रत्यक्ष अनुभव संगालिरहेको पौडेल बताउँछन् ।
विद्यालयले जीन बैंक अन्र्तगत गत वर्ष १ सय फलफूलका बिरुवा आँप, लिची, कटर, कागति लगायतका रैथाने फलफूल बिरुवा रोेपेको उनले बताए । जसमध्ये अहिले ९० प्रतिशत बिरुवा हुर्काउन विद्यार्थीहरू सफल भएको उनको भनाइ छ ।
‘हामी विद्यार्थीहरूको सहजीकरणको लागि फिल्डमा पुग्ने गर्छाै, ‘प्रधानाध्यापक पौडेलले भने, ‘विद्यार्थीहरू आफँैले रोप्ने, गोडमेल गर्ने र बेलाबेला हेरविचार गरी हुर्काउने जिम्मा स्वम् विद्यार्थीको आफैँको हुन्छ ।’
यसले घोकन्ते शिक्षालाई विस्थापित गर्दै प्रयोगात्मक शिक्षालाई जोड दिई विद्यार्थीलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने उनले बताए ।
यति मात्र नभइ विद्यालयले बिरुवा संरक्षण र विद्यार्थीहरूको प्रयोगात्मक मध्यनजर गर्दै नर्सरीदेखि १० कक्षासम्म ‘एक विद्यार्थी एक बिरुवा अभियान’ थालनी गरिएको उनले मिसन टुडेलाई जानकारी दिए । जीन बैंक विद्यार्थीहरूको ज्ञान आर्जन गर्ने थलो मात्र नभई रोपेका फलफूलका बिरुवाले मानव र वन्यजन्तुको बिचको द्वन्द्व न्यूनिकरण गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।
कक्षा ६ देखि १० कक्षासम्मका बालबालिकाहरूको प्रत्यक्ष संलग्नतामा वृक्षरोपण गरिएको जानकार दिए । अन्य विद्यार्थीहरूले घरको आगन नभए गमलामा बिरुवा रोप्ने गरेको उनको भनाइ छ । विद्यार्थीहरूले रिठा, महुँवा, हर्राे, बर्राे, कागति, अम्बा, कटहर र आँप लगायतका करिब २ सय फलफूल जातका लोपउन्मुख बिरुवा सिर्जना सामुदायिक वनमा वृक्षरोपण गरेको जानकारी दिए ।
अबको दश वर्षमा ७ हजार बिरुवा लगाई पर्यावरण संरक्षणमा लाग्ने विद्यालयको लक्ष्य रहेको छ । विशेषगरी विद्यार्थीहरूको अनुसन्धान र प्रयोगात्मक विधिलाई बढवा दिन प्रत्यक्ष फिल्डमा लगेर रोप्नेदेखि हुर्काउने जिम्मा दिने गरेको उनले बताए ।
विद्यार्थीहरूले आफूले लगाएको बिरुवाको अंकित कोडबाट लगाउनेदेखि बिरुवाको सबै ईतिहास सहजै प्राप्त गर्न सकिने उनले बताए । विद्यार्थीहरूलाई फिल्डमा लगेर कति वर्षमा बिरुवाले फल दिन्छ ? वर्षमा उचाई कति बढ्छ ? कुन प्रजातिको बिरुवा हो ? यसका फाइदाहरू के के छन् ? लगायतका कुराहरू विद्यार्थीले आफँैै अनुसन्धान र प्रयोगात्मक गरी त्यसको रेकर्ड राखेर दक्ष बनाउन विद्यालय लागि परेको छ ।
सामुदायिक जीन बैंक नेपालका अध्यक्ष पुरमल बस्नेतका अनुसार बिरुवा कसरी रोप्ने र हाम्रो रैथाने बिरुवाको संरक्षण कसरी गर्ने बिषयमा विद्यार्थीलाई जानकारी दिन विद्यालय स्तरीय जीन बैंक स्थापना गरिएको बताए । रैथाने बिरुवा ‘सबैको लागि सधैँको लागि’ संरक्षण गर्नुपर्छ भन्ने विद्यार्थीमार्फत सन्देश दिन सामुदायिक जीन बैंकले चाहेको उनको भनाइ छ ।
यस कार्यक्रमले विद्यार्थीहरूसँगै फिल्डमा सिक्दै रमाउन पाउँदा उनीहरूमा उत्साह छाएको उनले बताए । रैथाने बिरुवा संरक्षणमा बालज्योति सेकेन्डरी स्कुल मात्र नभई कोहलपुर नगरपालिका सबै विद्यालयमा जीन बैंक स्थापना गर्नुपर्ने उनको भनाइ छ ।
जीन बैंकको संरक्षण नहुँदा मानवीय जीवन सङ्कटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दीगो विकास हुन नसक्ने बताए । ‘पहिले रैथाने वनस्पतिहरू प्रशस्त थिए, सहजै घरआँगनमा बिरुवाका रुख हुन्थे, सहजै उपभोग गर्न पाउथ्यौँ र हाम्रो स्वास्थ्यको लागि फाइदा हुन्थ्यो तर अहिले सबै नासिएका छन् । त्यसैले पनि लोपउन्मुख बिरुवाको संरक्षण जरुरी छ’ उनले भने ।
विद्यार्थीहरूलाई सानैदेखि लोपउन्मुख बिरुवाको महत्व बुझाउन सके यसको संरक्षणमा जुट्ने विश्वास लिएको बताए । जीन बैंक सम्बन्धी विद्यार्थीहरूको जिज्ञासा मेटाउँदै सँगसँगै बिरुवा रोप्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।
फिल्डमैं सिक्दै पढ्दै गर्न पाउँदा धेरैकुराहरू सहजै सिक्न पाएको कक्षा ९ का छात्रा सिम्रन खत्रीले बताइन् । उनकाअनुसार सधैं कक्षा कोठामा बसेर सुन्दा सुन्दा बाक्क लागेको बेला यसरी फिल्डमैं व्यवहारिक शिक्षा लिन पाउँदा खुसी लागेको जानकारी दिइन् ।
रैथाने बिरुवा आफ्नै हातले रोप्न, गोडमेल गर्न र हुर्काउन पाउँदा सिकाई झनैं प्रभावकारी बन्ने गरेको सुनाइन् । उच्च शिक्षाको लागि बालज्योति सेकेन्डरी स्कुलबाट जुनसुकै ठाउँमा गएपनि आफूले रोपेको बिरुवा एक इतिहास बन्ने उनले बताइन् । विद्यालयले रैथाने वनस्पति संरक्षणमा जुट्नु र त्यसैमा सिर्जना सामुदायिक वनलाई रोजेको भन्दै अध्यक्ष सुमन पौडेलले खुसी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्