प्याब्सन डेमा मनको फूल राखी स्वागतम्




आरडी भट्ट,गेटवे एकेडेमी

काठमाडौँ।

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम–३

जन्म दिई दूध चुसाई खाना ख्वाउनेलाई
नंग्र्रा खियाई श्रम पसिना धारा च्वाउनेलाई
प्राणप्यारा बाबा–आमा दाजुभाइलाई
दिदी–बैनी, अतिथि र मान्यजनलाई

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम–१

प्रण गर्छाैं अघि बढ्ने साथ दिनुस् हजुर
स्वागतको ढोग गर्छौं माथ दिनुस् हजुर

निजी क्षेत्र निजी स्रोत ज्ञान बाँड्नेलाई
अँधेरोको कालो जंगल ज्योति छर्नेलाई
सम्मानको सलाम ठोकौं खुसी भर्नेलाई
सभ्य, चुस्त, सुसंस्कृत मन चोर्नेलाई

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम–१

शिक्षा क्षेत्र लम्किँदै छ प्याब्सन बाँके
गुणगान गर्न आऊ चरी डाँफे–१
अन्तर्राष्ट्रिय स्तरसम्म फैलिँदै छौँ हामी
जित्दै मन काममा दम बन्दै नामी

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम–१

निजी क्षेत्र निजी स्रोत ज्ञान बाँड्नेलाई
अँधेरोको कालो जंगल ज्योति छर्नेलाई
सम्मानको सलाम ठोकौं खुसी भर्नेलाई
सभ्य, चुस्त, सुसंस्कृत भै मन चोर्नेलाई

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम–१

बाँके जिल्ला शिक्षा दिने प्याब्सन हाम्रो
निस्वार्थ निडर बन्ने प्रेरणा राम्रो
खोल्न आउने ज्ञानचक्षु सबलाई स्वागतम्
कर्मपथमा लागेका मनलाई स्वागतम्

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम्–१

३३औं वार्षिकी बनाऊँ सबले हर्षले
सुख देओस् सधैं हाम्लाई आउने वर्षले

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम्–१

चिसोचिसो दिन आज न्यानो बाँड्नलाई
जीवन बुझी भोलि सधैँ अघि बढ्नलाई

स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम्
हाम्रो यो पवित्र भूमि मनको स्वागतम्
प्याब्सन डेमा मनको फूल राखी स्वागतम्–३

  • No tags available
प्रकाशित मिति : २०८० पुस २३ गते सोमबार