17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

आमाको मोल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २१, २०८०  

बाबु जाऊ दूध लिएर आऊ !
छोरा मुर्मुरिँदै पसल जान्छ ।
हातमा दूधको पोको समातेर आउँछ । सँगसँगै एउटा सेतो पानामा आमासँग
लिनुपर्ने हिसाब लेखेर दिन्छ ।
हिजो पसल जाँदाको २० रुपैयाँ, आज बिहान तरकारी किन्न जाँदाको २०
रुपैयाँ, तपाईंका लागि औषधि लिन जाँदाको २० रुपैयाँ, यस्तै–यस्तै बाँकी हिसाब
………. ।
ओछ्यानमा थला परेकी आमाको मन अमिलो हुन्छ । सेतो पानाको अर्को
छेउमा लेख्छिन्, ‘बाबु मैले तिमीलाई जन्माउँदाको पीडाको मूल्य कति ?
तिमीलाई जन्माएर पालन पोषण गरेको मूल्य कति ? तिम्रो लागि भनेर आहुती
गरेका मेरा पलपलको मूल्य कति ? तिमी आफैँ जोड्नु ल !’
आमाका प्रश्नहरुले अनुत्तरित भएको छोरा सोचिरहन्छ, ‘साँच्चै आमाको
मोल कति होला ?’

प्रकाशित मितिः शनिबार, पुस २१, २०८०     9:03:05 AM  |