रिक्सा सम्मेलन



गुल्मीबाट आमन्त्रित रिक्सा नम्बर १ ले भन्यो, ‘जे हुन्छ अब राम्रै हुन्छ
बुझ्नोँ । मैले त न्वारानको दिनदेखि नै मुस्किलले पिच बाटो देखेको छु होइन
भने सधैँको खाल्डाखुल्डी । शरीर बिग्रिएर पूरै खुकुलो भैसक्यो ।’
यसैमा रिक्सा नम्बर २ थप्न थाल्यो, ‘ओहो ! मेरो त कुरै नगरौँ अहिलेसम्म
खुट्टा दुखेर भतभती भएको छ । हैन यति धेरै बोल्न जान्या छन् विकास गर्न भने
किन जान्दैनन् मुन्छेहरु ।’
अब पीडा पोख्ने पालो रिक्सा नम्बर ३ को, इलामतिरको हुनुपर्छ भाषा पनि
त्यस्तै बनाएको छ, ‘यता सुनुम्न मैले त कुकुरले नपाएको दुःख पाएको छु
साथीहरु ! तँ भर्खरको जवान होस् यो बेलामा त ठूला ठूला ढुङ्गा पनि पच्छ
भन्दै चारै गोडाको हावा फुस्किने गरी दौडाउने ।’
आफ्नो हिलो खुट्टा देखाउँदै शाह थरको रिक्सा थप्दै गयो, ‘पुरै हिलोबाट
आएछु खुट्टा धुलाउन भ्याए छैन । साला जहाँ–जहाँ गडर उहीँ उहीँ मलाई
धकेल्छ । यिनीहरू मलाई पाहा सम्झिन्छ के ?’
यत्तिकैमा एउटा बुढो रिक्सा हातमा प्रिन्टको पाना लिएर बाहिर निस्कियो
र काँपेको बोलीमा सहमति सुनाउन थाल्यो, ‘साथीहरु बैठक अत्यन्त सौहाद्र्रपूर्ण
र फलदायी रह्यो । मान्छे, सडक र हामीबीचको त्रिपक्षीय वार्तामा आजकै
मितिदेखि लागू हुनेगरी महत्वपूर्ण निर्णयहरु भए । एक वर्षसम्मका जवान
साथीहरु ढुङ्गा र हिलो भएको दुवैखाले बाटोमा नाइनास्ती नगर्ने । दुई वर्षसम्मका
अलि उमेर हुँदै गरेका साथीहरु ढुङ्गाको बाटो मात्रै पनि रोज्न पाउने त्यसपछि
बुढ्यौलीले छुँदै गरेकाहरू पिचमै अटाउने र त्योभन्दा बढी दाँत नै फुक्लिन
लागेका घुँडा सुन्निँदै गएका हामीजस्ता साथीहरुले दिनरात नभनी साथीहरूको
व्यवस्थापनका लागि नेतृत्वदायी भूमिकामा रहने’ एवम् रितले वृद्धभत्ता र
पेन्सनका कुरा गर्न नभ्याउँदै शाह थरको रिक्सा बोल्न थाल्यो, ‘साला जहाँ पनि
पिण्ड खाने बूढो नै राज गर्छ ।

 

प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार