कपिल र कोपिला गहिरो प्रेमकुण्डमा डुबेछन् । समय बित्दै गएपछि उनीहरू
त्यो कण्ुडबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुगेछन् । कारण रहेछ, सानैदेखिको
साथ, मोबाइल र उर्लंदो बैँस ।
उनीहरू प्रेम कुुण्डमा डुबेको खबर एक कान दुई कान हुँदै समाजको मैदानमा
पुगेछ । समाजमा प्रेमचर्चा हुन थालेपछि कोपिला झस्की । उसले कपिललाई
भनी– ‘अब हाम्रो तुरुन्त बिहा हुनुप¥यो कपिल ! विलम्ब नगरी, मन्दिरमा गएर
बिहे गरौँ ।’
कपिलले भन्यो– ‘विवाह भनेको जीवनमा एकपटक गर्ने हो, त्यो धुमधामले
हुनुपर्छ ।’ उसले घरमा बिहाको प्रस्ताव राख्यो । आमा खुसी भइन् तर बाबु गम्भीर
भए । भने– ‘तिमेरु दुवैको बिहा गर्ने कानुनी उमेर पुगेको छैन, भोलि गएर कानुनी
अप्ठेरो पर्न सक्छ । फेरि जताततै कोरोनाको संक्रमण बढको छ … ।’
बाबुको कुरा सकिन नपाउँदै कपिलले भन्यो– ‘यो बिहालाई टार्ने वा
पन्छाउने बहाना नबनाउनुस् बा ! हाम्रो उमेरका सबैको त बिहा भइरहेको छ
गाउँघरमा । को आउँछ यहाँ हाम्रो चिना भिडाउन ? जहाँसम्म कोरोनाको कुरा
छ, त्यो आउँछ, जान्छ ।’
छोराको हठ अगाडि बाबुको केही चलेन । सातै दिनभित्र हुनेभयो बिहा ।
बाबुले भने– ‘कोरोनाको जगजगी छ, छोटकरीमा निप्ट्याउँ बाबु !” छोराले
भन्यो– “अहँ हुन्न बा । सबै साथीभाइ, सबै इष्टमित्र डाक्नुपर्छ ।’ बिहे घरमा
ठुलै जमघट भयो । भीडभाड निकै बढ्यो । बाजागाजासहित सवा सय जना
जन्ती प्रस्थान ग¥यो । दुलही पक्षबाट जन्तीको भव्य स्वागत, खानपिनको राम्रो
व्यवस्था भयो । विधि र परम्परा अनुसार बिहा पनि सम्पन्न भयो, तर दुलही
अन्माउनुपूर्व दुलाहालाई एकाएक रूघा लाग्यो । घाँटी दुख्यो र हनहनी ज्वरो
आयो । त्यसैले ढिलो नगरी दुलही अन्माएर जन्ती बिदा गर्ने काम भयो ।
घरमा दुलही भित्र्याएपछि कपिललाई झन् च्याप्दै गयो । अस्पताल भर्ना
गर्नुप¥यो । त्यो देखेर पाहुनाहरू सबै लाखापाखा लागे । दुलही भित्र्याएको
पर्सिपल्टको कुरा हो, कपिल, उसका बाआमा र अरू पाँच जना आफन्तलाई
कोरोना पोजेटिभ देखिएछ । उनीहरू सबै अस्पतालमा भाइरसविरुद्ध युद्ध लडिरहेका
थिए । तर दुःख र दुर्भाग्यको कुरो कपिलले युद्ध हारेछ, भाइरसले जितेछ ।
प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार
प्रतिक्रिया दिनुहोस्