समृद्ध वडा बनाउन लागेका छौं



वडा अध्यक्षका रुपमा एक बर्से कार्यकाल कस्तो रह्यो ?
हामीलाई जनताले आशा भरोसा गरेर निर्वाचित बनाएर पठाउनु भएको हो । हामीले उहाँहरुको घरदैलोमा गएर समस्या गुनासाहरु सुनेका, टिपेका थियौँ । पहिलो वर्षको कार्य नीति बनाउँदा हामीले यी कुराहरुलाई राखेर कार्ययोजना बनायौँ ।

यसरी कार्ययोजना बनाएर जाँदा अहिले पहिलो वर्ष बितेको छ । हामीले गरेका हरेक कुराहरु हामीले वडा नम्बर २ को वडा अध्यक्षको सचिवालयको पेजबाट सामाजिक सञ्जालमा जानकारी गराउने गरेका छौं । कतिपय मिडियाबाट समाचारका रुपमा सम्प्रेषण भएका छन् ।

अहिले हामीले एक वर्षको प्रगति विवरण पेस गरेका छौँ । वडामा भएका गतिविधि जनताहरु सबैले जानकारी पाउनुपर्छ । जनताका गुनासोहरु, आवश्यकताहरु फेसबुक, मेसेन्जरबाट पनि आउने भएकाले काम गर्न सहज भएको छ ।
एक वर्षको अवधिमा वडा नम्बर २ मा कस्ताकस्ता उपलब्धि हासिल भएका छन् ?
कोहलपुर नगरपालिका वडा नम्बर २ मात्र नभएर कोहलपुर नगरपालिकामा शैक्षिक हब बनाउने भनेर हामी लागि रहेका छौँ । अघिल्लो कार्यपालिकाले गरेको जुन निर्णय छ, कतिपय निर्णयहरु पूरा हुन सकेका थिएनन् । जस्तै गौरवका योजना राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय थियो । अहिले कोहलपुर नगरपालिकाको सशस्त्र प्रहरी बलको स्कुल अगाडिको फिल्डमा केही हप्ताअघिमात्र हामी साढे पाँच करोडको बराबरको भवन शिलान्यास गरेका छौं ।

हरि कठायत
वडा अध्यक्ष, कोहलपुर–२

हामीले शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्छ भनेर सीपमूलक शिक्षा, जीवन उपयोगी हुने भएकाले वडाबाट बजेट छुटाएर यसलाई प्राथमिकतामा राखेर सञ्चालन गरेका छौं । निम्न आय भएका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्नलाई सीपमूलक कार्यक्रमहरु विद्यालयहरुमा सञ्चालन गरिएको छ । चमेना गृह बनाउनेदेखि लिएर स्वच्छ पिउने पानी सामुदायिक विद्यालयमा पु¥याइएको छ ।

भौतिक संरचना निर्माणमा कस्तो काम भएको छ ?
लक्ष्मी माविमा आठ कोठे भवन निमार्णका लागि ठेक्का आह्वान भएर पनि तल्लो तला निर्माण भइसकेको छ । यो मसान्तमा ढलानपछि आठ कोठे भवन निर्माण हुनेछ । शिवशक्ति प्राथमिक विद्यालयमा चार कोठे भवन निर्माण गरेर पनि उद्घाटन भइसकेको छ ।

बाटोघाटोको विषयमा चाहिँ हामीले २४ सय पक्की नाली बनाएका छौँ । बर्दहवा गाउँदेखि लक्ष्मी माविसम्म ४८० मिटर पक्की नालीसहितको बाटो टेण्डर आह्वान पनि भइसकेको छ । महेन्द्रराज मार्गदेखि प्रेमनगर क लाइन ओम शान्ति जोड्ने बाटो पीचको तयारी भइरहेकको छ ।

वडा विकासमा वडावासीको कस्तो सहकार्य भइरहेको रहेको छ ?
देशमा अर्थतन्त्र धरासायी भइसकेपछि हामीले दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेका थियौँ । यसमा हामीले साझेदारी कार्यक्रम गरौँ भनेर सामुदायिक १० वटा टोल विकास संस्था, जनप्रतिनिधि, राजनीतिक दलहरुको एउटा सुझाव आयो । त्यो सुझावबाट हामीले देउसीभैँलो खेलेर हामीले पाँचवटा टोलमा सडक बत्ती जाडान ग¥यौँ ।
अर्थतन्त्र धरासायी भएको बेलामा टाढाटाढा पिकनिक खाएर पैसा सक्नुभन्दा गाउँघरमा आवश्यक पर्ने सामान जोडेमा भोलिका दिनमा काम लाग्छ । रातिको आवतजावत गर्न सजिलो हुने र चोरीका घटना पनि कम हुने भयो । हामी फेरि पनि साझेदारी योजना १० लाख रुपैयाँ बराबरको १० वटा टोलसँग नीति तथा कार्यत्रम राख्ने छौँ । वडा विकासमा सहकार्य आवश्यक रहेको छ ।

वडा नम्बर २ लाई समृद्धि बनाउन वडावासीहरुलाई के भन्नुहुन्छ ?
सम्र्पुण वडावासीहरुले युवा भनेर मलाई निवार्चित बनाउनु भयो । निवार्चित भएपछि हामीले काम कर्तव्य आफ्नो धर्म निभाइरहेका छौँ । हामीले एक वर्ष बिताइसकेका छौँ । वडावासीको एकदमै राम्रो साथ सहयोग रहेको छ । काम गर्ने क्रममा गल्ती कमीकमजोरी हुन्छ ।

यसका लागि हामीले वडामा सुझाव पुस्तिका राखेका छौँ । सामाजिक सञ्जालमा भन्दा पनि सुझाव पुस्तिकामा सुझाव लेखिदिनुहोला । सम्र्पूण वडावासीहरुले आफ्नो आफ्नो ठाउँबाट सहयोग सहकार्य गरौँ । वडाको विकास निर्माण कार्यमा सहयोग पु¥याउ भन्न चाहन्छँु ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १३ गते शनिबार