कोहलपुरमा मोरटसाइकल दुर्घटना दुईजना गम्भीर घाइते



बाँके ।

कोहलपुरको पिपलचौतारा नजिकैं मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । नेपालगन्जदेखि कोहलपुरतर्फ आइरहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

भे ९ प ८९२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । दुबै जनाको अहिले कौसिल्या अस्पतालमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार