दाउराको चट्टा (दाउराको चाङ) सँगै उनीहरु पानीमा तैरिन्छन् । तैरिनु उनीहरुको रहर होइन, बाध्यता हो । बाध्यताले ज्यानै जोखिममा राखेर राप्ती नदीबाट दाउरा संकलन गर्ने गरेको युवराजले जनाए । ‘उर्लिँदो नदीमा तैरिएर दाउरा संकलन गर्ने त रहर थिएन,’ उनले भने, ‘चिसो समयमा न्यानो गर्न दाउरा तार्नुपर्छ ।’
नेपालगन्ज (बाँके) ।
शुक्रबार र शनिबार आएको बाढीले राप्ती नदी वारकी पार छ । धुमिलो पानी सहतभन्दा माथि उर्लिँदो छ । यही उर्लिँदो राप्ती नदीमा डुडुवा गाउँपालिका–५, कम्दीका युवराज यावद, हन्नु सोनकर र बालकराम गोडिया तैरिरहेका छन् । ज्याननै जोखिममा राखेर उनीहरु बाढीमा तैरिनुको कारण हो, ‘दाउरा संकलन ।’
दाउराको चट्टा (दाउराको चाङ) सँगै उनीहरु पानीमा तैरिन्छन् । तैरिनु उनीहरुको रहर होइन, बाध्यता हो । बाध्यताले ज्यानै जोखिममा राखेर राप्ती नदीबाट दाउरा संकलन गर्ने गरेको युवराजले जनाए । ‘उर्लिँदो नदीमा तैरिएर दाउरा संकलन गर्ने त रहर थिएन,’ उनले भने, ‘चिसो समयमा न्यानो गर्न दाउरा तार्नुपर्छ ।’ राप्तीमा बाढीको समयमा मात्र दाउरा संकलन गरिन्छ ।
पहाडबाट बगाएर ल्याएका रुखहरु उनीहरु नदीमै पसेर संकलन गर्छन् । राप्तीमा दाउरा बग्दै आयो की उनीहरु नदीमा हाम फालिहाल्छन् । ज्यानको ध्यान हुँदैन मात्र दाउरातिर उनीहरु केन्द्रित हुन्छन् ।
कतिपयले चिसो समयमा आगो ताप्नलाई दाउरा संकलन गर्छन भने केही व्यक्तिहरुले बिक्रीका छन् । ‘यो समयमा दाउरा संकलनबाट केही पैसा पनि कमाइ हुन्छ,’ यहाँका निरज गोडिया भन्छन्, ‘केही दाउरा आगो ताप्नलाई राख्छौं । केही आफैँलाई खाना पकाउन काम लाग्छ ।’ अहिले संकलन भएको चिसो दाउरा सुक्न करिब एक महिना लाग्ने गरेको उनी बताउँछन् । बाढीमा धेरै दाउरा बगेर आए भने करिब एक÷डेढ लाखसम्म कमाइ हुने दाउरा संकलन गर्नेहरु बताउँछन् ।
‘घुमिलो पानीमा दाउरासँग तैरिँदै गर्दा ज्यानको आसानै हुँदैन,’ बालकराम गोडियाले भने, ‘त्यतिबेला ध्याननै दाउरामा हुन्छ ।’ अधिकांशलाई बाढीले रुवाएका बेला यस क्षेत्रका केही बासिन्दाका लागि भने नदीले खुसी बगाएर ल्याइँदिन्छ । उनीहरुको खुसी भनेकै दाउरा हो । बाढीले सानाठूला दाउरा बगाउँछ र उनीहरु संकलन गर्छ । ‘पुसमाघको चिसो मौसममा हामीसँग न्यानो हुने अरु कुनै हुँदैन,’ उनले भने, ‘आगो ताप्नेबोहक अरु छैन । राप्तीबाट दाउरा संकलन गर्ने र आगो ताप्ने गर्छाैं ।’
चिसो मौसममा न्यानोका लागि दाउरा किन्ने पैसा नहुँदा पनि उनीहरु उर्लिँदो भेलमा ज्यान जोखिम राखेर दाउरा संकलन गरिरहेका हुन्छन् । ‘धनी व्यक्तिहरुसँग एसी हुन्छ । चिसोमा तातो र तातोमा चिसो बनाउन मिल्छ,’ बालकराम भन्छन्, ‘हामीसँग त दाउरा किन्नसमेत पैसा हुँदैन । यसरी दाउरा संकलन नगरे न्यानो गर्न सकिँदैन ।’









प्रतिक्रिया दिनुहोस्