दाङ ।
दाङको सिमावर्ति क्षेत्रमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन्।
मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षिय सम्झना परियार रहेको स्वास्थ्य चौकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए। बिरामी मध्ये ३ जना सिकिस्त छन्।
त्यस क्षेत्रमा झाडापखला फैलिएपछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली पुगेको छ। बिहिवार दिउँसोबाट झाडापखालाका बिरामी देखिएका थिए। बिरामीहरुको घरमै गएर उपचार सुरु गरिएको छ।
प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्