मानखोलामा डुबेर बढैयातालका दुई बालकको मृत्यु



कोहलपुर ।

मानखोलामा नुहाउने क्रममा डुबेर बढैयाताल गाउँपालिकाका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका– ४ का १२ वर्षीय आयुष तिरुवा र १३ वर्षीय गौरव भूजेल रहेको बाँसगढी प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो घरबाट नुहाउन भनेर निस्किएका उनीलाई नजिकैको मानखोलामा डुबेर वेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा तिरुवा मृत्यु अवस्थामा फेला परेका थिए भने वेहोस् अवस्थामा फेला परेका भूजेलको उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहोराले दुबै जनालाई सुरक्षाकर्मी र स्थानीयले खोजी गर्ने क्रममा फेला पारेको जानकारी दिए ।

सँगै गएका अन्य साथीहरुले दुबै जना मानखोलामा डुबेर स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुबै जनाको शवलाई आज पोस्टमार्टम् पश्चात आफन्तलाई बुझाइने बर्दिया प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार