भारतमा कुनै संक्रमण भेटिने बित्तिकै नेपालमा त्यसको जोखिम बढ्ने गर्छ । निर्बाध आवागमनका कारण नेपाल र भारतमा एकदेशबाट अर्काे देशमा संक्रमण फैलन सक्ने जोखिम उच्च रहन्छ ।
नेपालको भारतसँग जोडिएको एक मुख्य नाका जमुनाह हो । जमुनाहमा अहिले नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्क छ । तर उक्त हेल्थ डेस्कमा मंकीपक्सका लागि कुनै सतर्कता अपनाइएको छैन ।
नेपालगन्ज ।
विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेको मंकीपक्सका संक्रमितहरु भारतमा पनि भेटिएका छन् । भारतमा यो समाचार तयार पार्दासम्म चारजना बिरामी फेला परेका छन् । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
भारतमा कुनै संक्रमण भेटिने बित्तिकै नेपालमा त्यसको जोखिम बढ्ने गर्छ । निर्बाध आवागमनका कारण नेपाल र भारतमा एकदेशबाट अर्काे देशमा संक्रमण फैलन सक्ने जोखिम उच्च रहन्छ । नेपालको भारतसँग जोडिएको एक मुख्य नाका जमुनाह हो ।
जमुनाहमा अहिले नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्क छ । तर उक्त हेल्थ डेस्कमा मंकीपक्सका लागि कुनै सतर्कता अपनाइएको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार हालसम्म सतर्कता अपनाउनका लागि कुनै निर्देशन आएको छैन । निर्देशन आउनेबित्तिकै आवश्यक सतर्कता अपनाउन सबै संरचनाहरु भने तयारी अवस्थामा रहेको प्रजिअ खत्रीले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट भएका छन् । यसका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ । मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ ।
यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो । पहिलोपटक सन् १९५८ मा फेला पारिएको यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा र त्यसपछि मान्छेबाट मान्छेमा फैलिन्छ । यद्यपि मंकीपक्सले कहिलेकाहिँ मात्रै गम्भीर रूप लिन्छ । यो संक्रमण भएका धेरैजसो बिरामी छोटो समयमा नै ठीक हुन्छन् ।
मंकीपक्सका लक्षणहरू दादुरासँग मिल्ने खालका छन् । यसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, मांशपेसशीमा दुखाइ हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने र थकान लाग्ने लक्षण देखिन्छन् । दादुराको संक्रमण हुँदाजस्तै मंकीपक्समा पनि पूरै शरीरमा फोका देखिन सक्छन् । यी फोकामा परिवर्तनहरू पनि देखिन्छ । फोका देखिएको ठाउँ सुन्निन्छ । तर, मंकीपक्स दादुराभन्दा कम खतरानाक हुने बताइएको छ ।
जो व्यक्ति संक्रमित व्यक्तिको निकट सम्पर्कमा हुन्छन्, उनीहरूमा यो भाइरस फैलिने जोखिम धेरै हुन्छ । यो काटिएको ठाउँदेखि स्वासप्रश्वासको माध्यमबाट अथवा आँखा, नाक वा मुखबाट पनि व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । त्यस कारण कोराना महामारीमा अपनाइएको स्वास्थ्य सावधानी नै मंकीपक्सका लागि पनि अवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्