बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ



बर्दिया ।

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्।

ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार