नकबजनी चोरी मुद्दामा कैद र जरिवाना तोकिएका ददेल पक्राउ



बर्दिया ।

नकबजनी चोरी मुद्दामा कैद र जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

कैद र जरिवाना तोकिएका बढैयाताल गाउँपालिका–४ का बबि ददेललाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।

पक्राउ परेका ददेललाई नकबजनी चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७७ असार १० गते ३ महिना ६ दिन कैद र ३,६०० जरिवाना तोकेको थियो ।

सो बेलादेखि नै फरार रहेका उनीलाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ददेललाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको बर्दिया प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार