बाँके ।
पत्रकार विजय परियारलाई कोहलपुर प्रहरीले गरेको दुव्र्यवहार र धरकपडका विषयमा बाँकेका क्रियाशील सञ्चार माध्यम र पत्रकारहरुले भत्र्सना गरेका छन् ।
बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले पत्रकार परियारमाथि दुव्र्यवहार गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘ईलाका प्रहरी कार्यालय परिसर अगाडिबाट समाचार संकलनकै क्रममा रहेका पत्रकार परियारमाथि डिएसपी मल्लद्वारा सञ्चार उपकरण मोबाइल र पत्रकार परियारलाई धरकपडसहित नियन्त्रणमा लिनुले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको भौतिक र व्यावसायिक सुरक्षामा ठाडो हस्तक्षेप भएको हाम्रो ठम्याइ छ,’ जिल्लाका क्रियाशील २९ जना पत्रकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
पत्रकार परियारले आफू पत्रकार भएको भन्दै परिचयपत्र देखाउँदासमेत उक्त घटना हुनुले प्रमुख मल्लको आम सञ्चारप्रतिको धारणा सकारात्मक नदेखिएको उनीहरुको दाबी छ ।
साथै प्रमुख मल्ल र ईलाका प्रहरी कार्यालय कोहलपुरको सञ्चारप्रतिको धारणा सार्वजनिक गर्नसमेत जोडदार माग गरिएको मिसन टुडे दैनिकका प्रधानसम्पादक विनोद पौडेलले जनाए ।
आगामी दिनमा पनि यस्ताखाले घटना दोहोरिन नदिन सञ्चार क्षेत्र र सञ्चारकर्मीहरु प्रति संवेदनशील हुन आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्