नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा आगलागी



नेपालगन्ज ।

नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा मंगलबार विद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहका अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी विद्युत सर्ट भएको हो । ‘एक्कासी विद्युत सर्ट भयो, तारहरू जले, तर आगलागी हुन पाएन,’ उनले भने ‘तर ठूलो क्षति हुनबाट जोगियो ।’

बुद्ध एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन् । विद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको स्थानीय प्रमोद कुमार गुप्ताले बताए ।

जसकारण केही बेरसम्म विमानस्थलभित्रै यात्रुहरू अलपत्र बस्नु परेको थियो । नेपालगन्जबाट काठमाडौं, पोखरासहित पहाडी र हिमाली जिल्लामा दैनिक ३० देखि ५० वटा साना-ठूला विमानले उडान भर्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार