लागूऔषध एक, समस्या अनेक



लागूऔषध दुव्र्यसन समाजको प्रमुख समस्याका रुपमा रहेको छ । पछिल्लो समय यो झन विकराल बन्दैछ । प्रयोगकर्ताका निम्ति मात्र नभएर सिंगो समाजका निम्ति टाउको दुखाइ बनेको छ । तथ्यांक भन्छ, सुरक्षा निकाय र अदालतमा मात्रै ७० देखि ८० प्रतिशत मुद्दा छन् । लागूऔषध विश्वमा दोस्रो नम्बरमा कारोबार हुन्छ । यसको अवैध कारोबारले नेपाली समाजलाई नै भयावह बनाएको छ । यसले सबै उमेर समूहका व्यक्तिहरुलाई पिरोलिरहेको छ । विद्यालय उमेर समूहका विद्यार्थीसमेत यसको दुव्र्यसनमा परेका छन् । अधिकांशले दबाबका कारण यसको प्रयोग गर्छन् । साथीभाइको लहैलहै, उत्सुकता, संस्कार, देखासिकी, प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीका कारणले पनि लागूऔषधको प्रयोगमा फसेको पाइन्छ ।

                                                                                                          विनोद थापा

                                                                                                          अध्यक्ष

                                                                                     समाज सेवा संस्था नेपाल कोहलपुर, बाँके

लागूऔषध हेर्दा एक भए पनि समस्या अनेक देखिन्छ । लागूऔषधकै कारण पछिल्लो समय हत्या, बलात्कार, चोरी, विभिन्न संक्रमक रोगहरु फैलिने, आत्महत्याका घटना र विभिन्न घटनाहरुमा संलग्न भएको पाइएको छ । प्रहरीको तथ्यांक भन्छ, १५ देखि १७ वर्ष उमेर समूहका लागूऔषध प्रयोगकर्ता व्यक्ति हत्यामा समेत संलग्न छन् । बाँकेमा रााष्ट्रिय अनुसन्धानमा कार्यरत नेपालगन्जका प्रवीण थापा मगरको हत्यामा पनि सोही उमेर समूहका व्यक्तिहरुको संलग्नता रहेको कुरा लुकेको छैन ।

यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । दैनिक पैसा, मोबाइल, गरगहना, ग्याँस सिलिन्डरलगायतका समानहरु दैनिक चोरीमा समेत लागूऔषध प्रयोगकर्ता संलग्न छन् । तसर्थ समयमै सजकता अपनाउन सकिएन भने लागूऔषधले तहस नहस पारिदिने सम्भावना देखिन्छ । देश विकासका मेरुदण्ड मानिएका युवा र वर्तमानका साझेदार बालबालिका लागूऔषधमा फस्दा देश र समाज ठूलो संकटमा पर्ने देखिन्छ ।

तसर्थ, सर्वप्रथम त निम्न लिखित कार्यहरु गर्न सकिन्छ ।

– रचनात्मक तरिकाले सचेतनामूलक कार्यक्रम गर्ने जसमा अभिभावक, जनप्रतिनिधि, बुद्धिजीवी वर्ग, सरोकारवाला निकाय र पत्रकार सँगैसँगै आम समुदायलाई समेटने ।
– पुनस्र्थापित गर्ने जानी नजानी लागूऔषधको दुव्र्यसनमा फसेका हुन्छन् । उनीहरु सुध्रिएपछि पनि समाजमा हेर्ने दृष्टिकोणको कारण र फेरि त्यस्तै साथीहरु कै कारणले गर्दा दुव्र्यसनमा फस्ने भएकाले गर्दा लागूऔषधसम्बन्धी सामाजिक शिक्षाको आवश्यकता छ ।
– लागूऔषधका कारोबारी, गिरोह, उत्पादनकर्ता र प्रयोगकर्तालाई विशेष निगरानी गर्दै कारबाहीको दायरामा ल्याउने ।

यीमाथि उल्लेखित क्रियाकलाप अपनाएमा लागूऔषध न्यूनीकरण गर्न सकिन्छः

लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणमा स्थानीय तहको भूमिका महŒपूर्ण भूमिका हुन्छ । तर लागूऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणमा स्थानीय तह चुकिरहेको छ । लागूऔषधको समस्यालाई अझै पनि सामान्यरुपमा लिइएको पाइन्छ । नीति तथा कार्यक्रममा नै नराखेको देखिन्छ । स्थानीय सरकार भएपछि धेरै अधिकार स्थानीय तहमा नै रहेको छ । तर पनि लागूऔषधलाई स्थानीय तहहरुले सामान्यरुपमा पाइन्छ । म यही लेखमार्फत स्थानीय तहको ध्यानाकर्षण पनि गराउँछुँ ।

लागूऔषध दुव्र्यसनी नियन्त्रणमा समाज तथा परिवारको भूमिका र दायित्व

महŒवपूर्ण भूमिका हुन्छ । तर लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणमा समाज तथा घर परिवार यो मेरो घरको समस्या होइन भन्ने प्रवृत्ति समाजमा छ । भने घर परिवारमा पहिले पहिले समस्या लुकाउनेपछि समस्या परेपछि घरको बोझको रुपमा लिने र मरे हुन्थ्यो भन्ने सोच राख्ने पाइन्छ । तसर्थ यो समस्या हामी सबैको लागूऔषध प्रयोग गरिरहेको देखिएमा त्यसलाई सम्झाइबुझाइ गर्ने यदी त्यसले पनि भएन भने नजिकैको प्रहरी कार्यालयमा खबर गर्ने आज यो समस्या अरुको घरमा छ । भोलि त्यो अरुको घरको समस्या मेरो घरमा पनि हुनसक्छ । अरुको घरको आँगनमा भएको कसिंगर मेरो घरमा पनि आउन सक्छ भन्ने

सोचका साथ यो हाम्रो साझा समस्या हो भन्दै नेपाल प्रहरीलाई सहयोग गर्नुपर्छ । परिवारले बेलैमा मेरो छोरा छोरीको साथ संगत कस्तासँग छ, पैसा धेरै किन माग्छ, घर किन अबेर आउँछ, स्वास्थ्य अवस्था कस्तो छ निगरानी गर्ने लगाएको कपडा चेक गर्ने, आफूले पनि बेलाबेलामा लागूऔषधको बारेमा कुरा गर्ने, समाजमा कसैले दिनु भएको सल्लाह मान्ने गर्नुपर्छ । सदैव सचेत रहने आफू पनि लागूऔषध सेवन नगर्ने छोरा छोरीलाई पनी त्यस्ता कुरामा ख्याल गर्ने यति गर्दा पनि भएन भने नजिकैको प्रहरी कार्यालयमा खबर गरी लागूऔषध दुव्र्यसनी नियन्त्रणमा समाज तथा परिवारको भूमिका र दायित्व निर्वाह गर्न सकिन्छ ।

स्थानीय तहको सक्रियताको अवश्यकता

बाँकेमा लागूऔषधको रोकथाम तथा नियन्त्रणमा स्थानीय तहको सक्रियताको अवस्था वार्षिक नीति तथा कार्यक्रमामा नै नराख्ने गरेको छ । लागूऔषध त समस्या नै होइन जस्तो हलका रुपमा लिने लिइरहेका छन् । कार्यक्रम राखे पनि औपचारिकतमा मात्र सीमित पार्न खोज्ने नागरिक समाजले पहल गर्दा पनि चासो नदिने गरेको देखिएको छ । तर, अन्य क्षेत्रले प्रयास नगरेको होइन, जुन अझै अपर्याप्त छ ।
लागूऔषध, पुनस्र्थापना केन्द्रको भूमिका

त्यति सन्तोषजनक र चित्त बुझ्दो छैन । सेवामुखीभन्दा बढी मेवामुखी देखिन्छ । विज्ञता कम छ । मान्छेलाई बन्द कोठामा राखेर मात्र सुधार्न सकिन्छ भन्ने मानसिकताका साथ मात्र पुनस्र्थापना खोलिएको देखिन्छ । समाजमा कसरी पुनस्र्थापना गर्न सकिन्छ भन्नेतिर ध्यान देखिन्छ । केही औँलामा गन्न सकिने पुनस्र्थापना केन्द्र र उनीहरुले पुनस्र्थापना गरेका केही व्यक्तिहरु छन् । बाँकीमा त उदासिनता देखिन्छ । तसर्थ लागूऔषध न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्नुपर्छ ।

लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि सरोकारवाला निकायको भूमिका

सरोकारवाला निकायको भूमिका अत्यन्तै महŒवपूर्ण हुन्छ । तर, बाँके जिल्लाको हकमा भने सरोकारवाला निकाय लागूऔषध दुव्र्यसन न्यूनीकरणमा उदासिनता देखिन्छ । चौतर्फि समन्वय गरेर महŒवपूर्ण भूमिका खेल्न सक्छ, सरोकारवाला निकायले । यो समस्या हाम्रो हो भनेर पूर्ण इच्छाशक्तिका साथ लाग्ने हो भने महŒवपूर्ण भूमिका हुन्छ ।

निष्कर्ष
बा“के दक्षिण भारतस“ग सिमाना जोडिएको एक व्यापारिक, शैक्षिक तथा लुम्बिनी प्रमुख प्रशासनिक केन्द्र हो । मानिसको सुविधामुखी र आधुनिक जीवनयापनको खोजीस“गै बढ्दो सहर केन्द्रित बसाइँसराइका कारण यस क्षेत्रका पहाडी तथा हिमाली भूभागबाट बसाइँ सरी आउने संख्या उल्लेख्यरुपमा छ । तिव्ररुपले जनसंख्या वृद्धिदर भएको कोहलपुर नगरपालिकाका युवा तथा किशोर किशोरीहरुको विभिन्न आर्थिक, सामाजिक कारणले बढी जोखिममा रहेको पाइन्छ ।
त्यसैगरी नगर क्षेत्रमा बढ्दो सहरीकरणका साथै अशिक्षाका कारण लागूऔषध दुव्र्यसनमा संलग्न रहेको पाइन्छ । भारतस“ग सहज आवागमनका कारण कयौँ युवाहरु लगूऔषध सेवनका लागि भारतीय भूमि प्रयोग गर्ने साथै सहज नाकाका कारण लागूऔषधको ओसारपोसारमा संलग्न रहेको पाइन्छ । यद्यपि नेपाल सरकारको गृह मन्त्रालय मातहतका निकायद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा विभिन्न सरोकारवालाको समन्वयमा रोकथाम तथा नियन्त्रका प्रयासहरु भइरहेता पनि यस क्षेत्र लागूऔषध ओसारपसारको सुरक्षित ट्रान्जिटस्थलको रुपमा विकसित भइरहेको छ ।
बा“के जिल्लामा लागूऔषध प्रयोगकर्ताहरुको संख्या हाल सात हजार रहेको छ । अझै नखुलेको तीन हजारजना बढीसम्म हुन सक्ने बताइन्छ । लागूऔषधको न्यूनीकरण र निराकरण अहिलेको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार