दुग्ध व्यवसायी संघ बाँकले बुझायो ज्ञापनपत्र



कोहलपुर १४ असार/

दुग्ध व्यवसायीहरुका मागहरु राख्दै दुग्ध व्यवसायी संघ बाँकले लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्री र अर्थमन्त्री कृष्णध्वज खड्कालाई ज्ञापन पत्र बुझाएको हो।

कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयबाट आर्थिक बर्ष ०७७÷०७८ मा स्वीकृत अनुदान अनुसार प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउदै आएकोमा उत्पादन ५ प्रतिशत हुँदा बृद्धि भएको अनुदान रकम उपलब्ध गराउने भएकोमा हाल २० प्रतिशत भन्दा कम उत्पादन वृद्धि नगरेका किसानलाई अनुदान उपलब्ध नराउने गरी गरिएको निर्णय सच्चाउन माग सहित ज्ञापन पत्र बुझाएको अध्यक्ष दिपक राज भण्डारीले बताए

उनका अनुसार कोभिडको कारण किसानले उत्पादन बृद्धि गर्न नसकेको अवस्थमा सरकारले जबरजस्त २० प्रतिशत उत्पादन वृद्धि गरेकोलाई मात्रै अनुदान दिने गरी गरिएको कार्यविधि संसोधनको विरोध समेत गरिएको जनाकारी दिए ।

बाँके क्षेत्र नम्बर ३ क र ख बाट निर्वाचित सांसद बाबुराम गौतम र आइपि खरेलको अगुवाईमा ज्ञापन पत्र बुझाइएको थियो भने कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयलाई समेत बोद्धार्थ ज्ञापन दिएइएको दुग्ध ब्यवसायी संघ बाँकेका सचीव एवं बनकटवा दुग्ध उत्पादन सहकारी संस्था लि. का ब्यवस्थापक दिपक कार्कीले जानकारी दिए

  • No tags available
प्रकाशित मिति : २०७९ असार १४ गते मंगलबार