कोहलपुरमा दुई मोटरसाईकल ठोक्किँदा ओलीको मृत्यु



कोहलपुर ।

बाँकेको कोहलपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

कोहलपुर– २ मनकामना चोकमा शनिबार साँझ साढे सात बजेको समयमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चिसापानीबाट कोहलपुरतर्फ आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाईकल चालक मधुवन नगरपालिका– ५ बर्दियाका ४१ वर्षीया सूर्यप्रकाश ओली रहेका छन् ।

गम्भीर घाइते ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्को कोहलपुरबाट कौशिलानगर गइरहेको भे १० प २७१० नम्बरको मोटरसाईकलमा पछाडी सवार सामान्य घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

भे १० प २७१० नम्बरको मोटरसाइकल चालकलाई भने कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २९ गते आइतबार